सैनिक हत्या मुद्दाको क्षेत्राधिकारबारे जिल्ला अदालतको आदेश सदर
नेपाली सेनाका हुद्दा भरत गुरुङको हत्या मुद्दाका विषयमा देखिएको विवादमाथि उच्च अदालत पाटन हेटौंडा इजालसले चितवन जिल्ला अदालतको आदेशलाई सदर गरेको छ ।
हत्या मुद्दाको क्षेत्राधिकारबारे चितवन जिल्ला अदालत र जिल्ला सरकारी वकिलको कार्यालयबीच विवाद देखिएको थियो । यस विवादलाई टुंग्याउँदै हेटौंडा इजलासले हत्या मुद्दा सैनिक अदालतलाई सुम्पने चितवन जिल्ला अदालतको आदेश सदर गरेको हो ।
उच्च अदालत हेटौंडा इजलासका न्यायाधीश चण्डीराज ढकाल र निर्मला शाक्यको संयुक्त इजलासले बिहीबार जिल्ला अदालतको आदेश सदर गरेको उच्च अदालतको हेटौंडाका सूचना अधिकारी केशव कौशिकले जानकारी दिए ।