मेसी आकाश तर्फ फर्किए पछि के शक्ति पाउँछन् र उनी जाग्छन् ?
ल्यानक्यास्टर, पेन्सिल्भेनिया / तपाईँले अर्जेन्टिना कप्तान लियोलन मेसीको खेल हेर्दा एउटा कुरा याद गर्नु भयो ? जब टिम खेल हारिरहेको हुन्छ, दावब पर्छ, मेसी मुस्कुराउँदै आकाश तिर हेर्छन् । त्यस पछि खेलमा जादु चल्छ ।
फिफा विश्व कप २०२६ मै दुई पटक अर्जेन्टिनाले अदभुत कम ब्याक गर्यो । बुधवार इग्ल्याण्ड सँगको सेमिफाइनल र त्यस अगाडि राउण्ड सिक्सटिनमा इजिप्ट सँग । यी दुवै खेलमा एउटा अनौठो संयोग जुर्यो ।
सेमिफाइनलमा खेल सकिन १५ मिनेट मात्र बाँकी थियो । इग्ल्याण्ड एक शून्यले अगाडि थियो । तपाईँले पनि लाइभमा हेर्नु भयो होला । अर्जेन्टिनाले खेल बराबरीमा ल्याउनु ठिक अगाडि मेसीले मुस्कुराउँदै आकामा हेरे ।
नजिता ६ मिनेट ३० सेकेन्डमा अर्जेन्टिनाले दुई गोल फर्कायो । ८५औं मिनेटमा मेसीको पासमा एन्जो फर्नान्डेजले गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याए। ९२औं मिनेटमा मेसीले दिएको उत्कृष्ट क्रसमा लाउटारो मार्टिनेजले उत्कृष्ट हेड गोल गर्दै अर्जेन्टिनालाई २-१ को ऐतिहासिक जित दिलाए।
यस अगाडि इजिप्ट सँगको खेलमा पनि यस्तै भएको थियो । इजिप्टले सुरुमा खेललाई आफ्नो नियन्त्रणमा लिएर अर्जेन्टिनालाई स्तब्ध पारेको थियो । १५औं मिनेट इजिप्टका यासेर इब्राहिमले गोल गर्दै टोलीलाई १-० को अग्रता दिलाए ।
६७औं मिनेट इजिप्टका मोस्ताफा जिकोले अर्को गोल गर्दै इजिप्टको अग्रता २-० बनाए। अर्जेन्टिनाको बक्स पुरै तनावमा थियो । साबिकको विजेता राउण्ड १६ बाट घर फर्कने भयो । किनकि खेल सकिन मात्र १३ मिनेट बाँकी थियो ।
मेसीले शान्त रुपमा मुस्कुराउँदै आकाश तीर हेरे । त्यस पछि भयो, चमत्कारिक पुनरागमन । २-० ले पछाडि परेर खेल अर्जेन्टिनाले अन्तिम १३ मिनेटमा ३ वटा लगातार गोल गर्दै ३-२ जित्यो ।
७९औं मिनेट मेसीको क्रसमा क्रिस्टियन रोमेरोले गोल गर्दै खेललाई २-१ मा ल्याए। ८३औं मिनेट मेसी आफैँले सानदार गोल गर्दै खेललाई २-२ को बराबरीमा पुर्याए।
९२औं मिनेटमा एन्जो फर्नान्डेजले हेडिङमार्फत विजयी गोल गर्दै अर्जेन्टिनालाई क्वार्टर फाइनलमा पुर्याए।
यो हेराइको अर्थ के हो ?
मेसी जब-जब मैदानमा मुस्कुराउँदै वा भावुक हुँदै आकाशतिर हेर्छन्, उनी आफ्नी स्वर्गीय हजुरआमा सेलियालाई सम्झिरहेका हुन्छन्। उनको मान्यता छ कि उनकी हजुरआमाले आकाशबाट उनलाई हेरिरहेकी छिन् र आशीर्वाद दिइरहेकी छिन्।
मेसीले कतिपय ठाउँमा भनेका पनि छन्, “म मेरा गोलहरू र सफलताहरू उनैलाई समर्पित गर्छु, किनकि उनकै कारण आज म यहाँ छु।”
फुटबल प्रशंसकहरू यसलाई ‘मेसी म्याजिक’ भन्न रुचाउँछन्। दबाबको समयमा पनि शान्त रहेर भगवान र आफ्नी हजुरआमालाई सम्झिँदा उनले मानसिक शक्ति पाउँछन् र त्यसपछि मैदानमा खेलको नतिजा बदलिन्छ।
के हो हजुर आमा सँगको कुरा ?
मेसी सानो छँदा उनलाई पहिलो पटक फुटबल मैदानमा लैजाने र उनमा भएको प्रतिभालाई पहिचान गर्ने व्यक्ति उनकी हजुरआमा सेलिया ओलिभेरा कुच्चिटिनी थिइन्।
स्थानीय प्रशिक्षकले मेसी निकै सानो र कमजोर भएकोले मैदानमा उतार्न मानेका थिएनन्। तर उनकी हजुरआमाले प्रशिक्षकसँग जिद्दी गरेर मेसीलाई खेल्ने मौका दिलाएकी थिइन्।
तर जबमेसी ११ वर्षको पुग्दा उनकी हजुरआमाको निधन भयो। मेसीले आफ्नो जीवनको सुरुवातमा हजुरआमाले दिएको त्यो साथ र प्रेमलाई कहिल्यै बिर्सिएनन्।
द एथलेटिक पत्रिकाले मेसीको बारेमा आफ्नो रिपोर्टमा लेखेको छ, ‘जब खेल अर्जेन्टिनाको हातबाट फुत्किँदै थियो र खेलाडीहरू निराश देखिन्थे, मेसीले मैदानमा शान्त भएर आकाशतिर हेरे र आफ्नो अनुहारको निराशालाई शक्तिमा बदले।’
उसले अर्को लाइनमा लेखेको छ । “जब सबैलाई लाग्छ कि अर्जेन्टिना अब हार्यो, ठिक त्यही बेला उनीहरू खेलमा फर्किन्छन् र यो ‘पागलपन‘ को सुरुवात मेसीको त्यो आकाशीय हेराइबाटै हुन्छ।“
यस्तै द डेली स्टार ले आफ्नो विशेष हेडलाइनमै ‘मेसीले समयको गति नै उल्टाइदिए’ भन्दै लेखेको छ।
‘जब अर्जेन्टिना दबाबमा निसास्सिएको जस्तो देखिन्थ्यो, मेसीले टाउको हल्लाउँदै आकाशतिर हेरे। त्यसपछि अचानक खेलको गति बदलियो र उनले लगातार दुईवटा अविश्वसनीय मुभहरू सिर्जना गरेर हार्नै लागेको खेललाई यू-टर्न गरिदिए।’
द गार्डियनले मेसीको यस्तो बानी र खेलको नतिजाको सम्बन्धलाई लिएर लेखेको छ ।
‘मेसीको आकाशतर्फको हेराइ मैदानमा रहेका अन्य युवा खेलाडीहरूका लागि एउटा ‘मन्त्र’ जस्तो बन्ने गर्छ। कप्तान संकटको बेला पनि नआत्तिएर आकासतिर हेर्दै शान्त रहेको देख्दा टोलीमा ऊर्जा भरिन्छ र खेलले नयाँ मोड लिन्छ।’
खेलकुद विश्लेषकहरूले धेरै फुटबल पण्डितहरूले सामाजिक सञ्जालमा लेखेका छन् कि मेसीको यो हेराइ अर्जेन्टिना टोलीका लागि “कम ब्याकको साइरन” जस्तै हो।
कतिले यसलाई मेस्सीको जादु भन्छन् ।
धेरै पटक, विशेष गरी सबैभन्दा ठुला क्षणहरूमा घटेको छ, जसले यस घटनालाई व्याख्या गर्न नसकिने रहस्यमय बनाइदिन्छ।
हुन पनि मेसीको यो जादुले डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना सन् २०२२ मा कतारमा भएको विश्व कपको पहिलो खेलमा साउदी अरेबियासँग हारे यता अपराजित छ ।
मेसीको यो जादु र अर्जेन्टिनाको अपराजित यात्रा अब आइतबार फिफा विश्व कपको फाइनलमा स्पेन विरुद्ध चल्ला ?
मेसीले फेरि आकाश तर्फ हेर्न पर्ने अवस्था आउला वा नआउला ?

















