स्टप साइनमा गाडी नरोक्दा दुर्घटना : दुई वर्ष पछि पनि ट्रक चालक फेरि पक्राउ
ल्यानक्यास्टर, पेन्सिल्भेनिया / अमेरिकाको मिनेसोटाको चिपेवा काउन्टीमा भएको एक सडक दुर्घटनाका आरोपी ट्रक चालक जोर्गी गाबिएभ दुई वर्ष पछि न्यू योर्क ब्रुकलिनबाट जुन ९ तारिख फेरि पक्राउ परेका छन् ।
यूएस डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी (डीएचएस) अन्तर्गत युएस इमिग्रेसन एन्ड कस्टम्स इन्फोर्समेन्ट (आइस) का अनुसार उनी सन् २०२४ मार्च ५ तारिख भएको सडक दुर्घटनामा संलग्न थिए ।
आइसद्वारा सोमबार जारी विज्ञप्ति अनुसार जोर्गी गाबिएभ रसियन हुन । उनले चलाएको पिक अप ट्रकले मिनेसोटाको चिपेवा काउन्टीको एक ग्रामीण सडकमा अर्का सेमी ट्रकलाई ठक्कर दिएको थियो । जसको कारण अर्को मिनी ट्रक चालक टिम टार्नोव्स्कीको घटना स्थलमा नै निधन भएको थियो ।
आइसका अनुसार गाबिएभले ‘स्टप साइन’ को पालना नगर्दा सो दुर्घटना भएको थियो । गाबिएभले चलाएको ट्रकले ठक्करबाट भयानक आगलागी भएको थियो । गाबिएभ गाडी चलाउँदा आफ्नो आईप्याडमा अंग्रेजी सिक्ने सम्बन्धी युट्युब भिडियो हेरिरहेका थिए।
गाबिएभले भने आफूले सुनेको मात्र गाडी चलाउँदा आईप्याडतर्फ नहेरेको दाबी गरेका थिए।
घटनास्थलमा पुगेका अनुसन्धानकर्ताले दुर्घटनास्थलको अवस्था हेरेर गाबिएभ चोकको ‘स्टप साइन’ मा रोकिन असफल भएको र सोही कारण दुर्घटना भएको निष्कर्ष निकालेका थिए।
सरकारी वकिलहरूले जोर्गी गाबिएभ माथि घातक दुर्घटनापछि सवारी साधनबाट आपराधिक हत्या र लापरबाहीपूर्ण तरिकाले गाडी चलाएको आरोप लगाएका थिए ।
तत्कालिन समयमा उनी पक्राउ परि एक सय २० दिन जेलमा बिताएका थिए ।
तर यही जुन ९ तारिख आइसले गाबिएभलाई न्यू योर्क ब्रुकलिनबाट फेरि पक्राउ गरेका हुन् । आइसका अनुसार अब देश निकालाको प्रक्रिया पुरा नभए सम्म उनी हिरासतमा रहनेछन्।
गाबिएभ २०२२ मा क्यालिफोर्नियाबाट अवैध रूपमा अमेरिका प्रवेश गरेका थिए र उनलाई बाइडेन प्रशासनले रिहा गरेको थियो।

















