एमालेमा सबल लोकतान्त्रिक अभ्यास : भृकुटीमण्डपमा देखिएको उत्साह
सन्तोषी रावल /
काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशन अन्तर्गत बुधबार बिहान ९ बजेदेखि सुरु भएको मतदान प्रक्रिया बिहीबार बिहान ७ बजे सम्पन्न भएको छ । निर्वाचनमा कुल २ हजार २२७ मत खसेको थियो । भृकुटीमण्डपमा नतिजा सार्वजनिक भएसँगै महाधिवेशन स्थल उत्साह, खुशीयाली र नाराबाजीले गुञ्जायमान बनेको थियो । मतदानमा सहभागी प्रतिनिधिहरूले आफ्नो मतको सम्मान भएको अनुभूति गर्दै खुसी व्यक्त गरेका थिए ।
महाधिवेशनमा नेकपा एमालेभित्र देखिएका दुई प्यानल—केपी शर्मा ओली र ईश्वर पोखरेल समूहबिच प्रतिस्पर्धा भएको थियो । अन्तिम नतिजाअनुसार ओली नेतृत्वको प्यानल विजयी भएको छ । नतिजा सार्वजनिक भएपछि ‘केपी ओली वि लभ यु’, ‘महेश बस्नेत जिन्दाबाद’ लगायतका नाराहरू घन्किँदा महाधिवेशनको माहौल झनै उत्साहपूर्ण बनेको थियो ।
एकातर्फ प्रतिनिधिहरू नारा लगाउँदै गीत गाउँदै उत्सव मनाइरहेका थिए भने अर्कोतर्फ निर्वाचित प्रतिनिधिहरू बधाई थाप्ने, खादामाला लगाउने र शुभेच्छा आदान–प्रदानमा व्यस्त देखिन्थे । यही क्रममा प्रतिनिधि तथा उम्मेदवार टीका अर्यालले आफूलाई भारी मतका साथ विजयी गराएकोमा सम्पूर्ण प्रतिनिधिहरूप्रति आभार व्यक्त गरिन् । उनले प्राप्त विश्वासले आफूलाई थप जिम्मेवार बनाएको उल्लेख गर्दै जनताको मत खेर जान नदिने प्रतिबद्धता व्यक्त गरिन् ।
कोशी प्रदेश अन्तर्गत खोटाङबाट खुल्ला महिलातर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएकी विना देवी राई १ हजार ८ सय ४६ मत प्राप्त गर्दै विजयी भएकी छन् । विजयपछि उनलाई बधाई दिनेहरूको ओइरो लागेको छ ।
आफू विजय हुनेमा पूर्ण विश्वस्त रहेको विशाल भट्टराईले भने, उनले आफू सानै उमेर देखिनै एमालेमा लागेको, आफूले जस्तो सुकै परिस्थितिमा पनि पाटीबाट असङ्गठित नभएको बताए । उनले आगामी दिनमा थप पाटीलाई एकता बनाएर सबल पार्टीतिर ध्यान गराउने जानकारी दिए ।
त्यस्तै अर्का प्रतिनिधि तथा विजेता रघुवीर महासेटले पहिलेको महाधिवेशनमा पनि कहिले सर्वसम्मत त कहिले चुनावी प्रक्रियाबाट सम्पन्न गर्दै आएको हो ।
चुनावी प्रक्रियालाई सामान्य प्रक्रियामा लिएको बताए । त्यस्तै उनले जनताको बहुदलीय जनवादको विशेषता मध्य निर्वाचन प्रणाली पनि हो । उनले बहुमतको सरकार अल्पमतको प्रतिपक्ष तर पाटी भित्र सरकार र पाटी भित्रको कुरा होइन सबै एउटै हो ।
उनले चुनाव बारे धारणा राख्दै यो सरकारले चुनाव गराउन नसक्ने धारणा पनि राखेका छन् । महासेटले संसद्को पुरस्थापना नै अहिलेको उत्तम विकल्प हो ,
अर्का एमाले नेता सूर्य थापाले प्रतिनिधिलाई धन्यवाद ज्ञापन गरेका छन् ।
थापाले एघारौँ महाधिवेशनबाट देशलाई,पाटीलाई, राष्ट्रिय हितलाई नेतृत्व गर्न सक्ने गरी बलियो स्थापित गरेको भन्दै प्रतिनिधि प्रति खुसी व्यक्त गरेका छन् ।
महिलाको प्रतिनिधित्वसहित केन्द्रीय कमिटीमा निर्वाचित हुँदा उनको अनुहारमा विशेष खुसी झल्किएको थियो । उनले पार्टीले दिएको जिम्मेवारी र जनताले दिएको विश्वासलाई इमानदारीपूर्वक पूरा गर्ने प्रतिबद्धता जनाएकी छन् ।
त्यस्तै, सुदूरपश्चिम भूगोलबाट खुल्ला सदस्यतर्फ चक्र मल्ल १ हजार ४ सय ८६ मतसहित विजयी भएका छन् । उनले मतदान गर्ने सम्पूर्ण भोटर तथा प्रतिनिधिहरूलाई धन्यवाद दिँदै पार्टीलाई अझ सुदृढ र एकताबद्ध बनाउने दिशामा काम गर्ने बताएका छन् । पाँच दिनसम्मको व्यस्त कार्यक्रम, भोक र निन्द्रापछि प्रतिनिधि तथा उम्मेदवारहरूले महाधिवेशन सफलतापूर्वक सम्पन्न भएकोमा सन्तोषको सास फेरेका छन् ।
यद्यपि ईश्वर पोखरेल नेतृत्वको प्यानल पराजित हुँदा केही निराशा देखिए पनि अन्ततः एमालेकै नेतृत्व निर्वाचित भएकाले अब सबै मिलेर पार्टीलाई अगाडि बढाउने धारणा नेता कार्यकर्ताहरूले व्यक्त गरेका छन् । विजय पराजयलाई लोकतान्त्रिक अभ्यासका रूपमा स्वीकार गर्दै पार्टी एकतामा जोड दिनुपर्ने सन्देश महाधिवेशनबाट प्रवाहित भएको छ ।
महाधिवेशनभर एमालेका युवा कार्यकर्ताहरू विशेष उत्साहित देखिएका थिए । गीत गाउने, नाच्ने र नाराबाजी गर्ने क्रम निरन्तर चलिरह्यो । विशेष गरी महेश बस्नेतको समर्थनमा युवाहरूले चर्को नाराबाजी गरेका थिए ।
जेनजी आन्दोलनका बेला पार्टी संकटमा पर्दा सशक्त रूपमा आवाज उठाउने नेताका रूपमा महेश बस्नेतलाई स्मरण गर्दै युवाहरूले समर्थन जनाएका हुन् । ११ औँ महाधिवेशनले युवा पुस्तालाई विशेष प्राथमिकतामा राखेको स्पष्ट सन्देश दिएको छ, जसका कारण पार्टीप्रति युवाहरूको आकर्षण अझ बढेको देखियो ।
नेपाल न्यूज बैङ्क















