सिटी काउन्सिल अध्यक्ष भने भुवन प्याकुरेल
सहयात्री ढकाल
रेनोल्ड्सबर्ग,ओहायो / पाँच वर्षअघि अमेरिकामा निर्वाचित पहिलो नेपाली भाषी भुटानी अमेरिकीको रूपमा इतिहास रचेका भुवन प्याकुरेलले ओहायोको रेनोल्ड्सबर्ग सिटी काउन्सिलको अध्यक्ष बनेर फेरि इतिहास रचेका छन्।
परिवार, साथीभाइ, समुदायका नेता र शहरका अधिकारीहरूको साक्षीमा भुवनलाई रेनोल्ड्सबर्गका मेयर जो बेगेनीले शपथ ग्रहण गराए।
“धन्यवाद, रेनोल्ड्सबर्ग, परिषद्को अध्यक्षको रूपमा सेवा गर्ने यो अविश्वसनीय अवसरको लागि,” भुवन प्याकुरेलले भने।
सिटि परिषद अध्यक्ष भुवनले थपे “हाम्रो शहरका सबै बासिन्दाहरूलाई स्वागत गरे, आउनुहोस् हामी सबैको लागि रेनोल्ड्सबर्गलाई अझ राम्रो ठाउँ बनाउन सम्मान, एकता र उद्देश्यका साथ काम गरौं। हामी सधैं बलियो र राम्रो छौं।”

रेनोल्ड्सबर्ग, परिषद्को अध्यक्षको रूपमा सेवा गर्ने यो अविश्वसनीय अवसरको लागि धन्यवाद। म यो शहर, यो समुदाय र यो देशप्रति गहिरो आभारी छु। धन्यवाद, अमेरिका
“म हाम्रो शहरका सबै बासिन्दाहरूलाई स्वागत गर्दछु, रेनोल्ड्सबर्गलाई सबैका लागि अझ राम्रो ठाउँ बनाउन सम्मान, एकता र उद्देश्यका साथ काम गरौं।हामी सधैं सँगै बलियो र राम्रो हुन्छौं”।फेसबुक स्टाटसमा आफ्नो धारणा राख्दै रेनल्डसबर्ग सिटि काउन्सिल अध्यक्ष भए पछि भुवन प्याकुरेलले भनेका छन।
ग्लोबल रिफ्युजद्वारा पुनर्वास हुनु अघि भुवन प्याकुरेल आफ्नो परिवारसँग १८ वर्षसम्म शरणार्थी शिविरमा बसे।
उनी २०२० मा ओहायोको रेनोल्ड्सबर्गको नगर परिषद्मा निर्वाचित भए – संयुक्त राज्य अमेरिकामा पदमा निर्वाचित हुने पहिलो नेपाली भाषी भुटानी हुन।















