गत जुन यता लस एन्जलसमा १० हजारभन्दा बढी अवैध आप्रवासी पक्राउ
वाशिंगटन डीसी/ यूएस डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी (डीएचएस) ले गत जुन महिनादेखि यता क्यालिफोर्नियाको लस एन्जलसमा सञ्चालन गरिएको अभियान अन्तर्गत १० हजारभन्दा बढी अवैध आप्रवासीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ।
डीएचएसद्वारा बिहीबार जारी विज्ञप्तिमा पक्राउ परेका मध्ये हत्या, अपहरण, बाल दुराचार, बलात्कार, लुटपाट, ठगी, घरफोडी, गाडी चोरी, झैझगडा तथा विभिन्न किसिमका गम्भीर आपराधिक कृत्यमा दोषी ठहरिएका व्यक्तिहरू रहेको उल्लेख छ।
‘अभियान सञ्चालन भइरहँदा केही समूहले आन्दोलनका नाममा सुरक्षा अधिकारीमाथि विभिन्न वस्तुहरू प्रहार गर्दै अवरोध गर्ने प्रयास गरे पनि सीमा तथा आप्रवासन अधिकारीहरूले निरन्तर रूपमा अपराधी आप्रवासीहरूलाई पक्राउ गर्ने कार्य जारी राखेको थियो।’ विज्ञप्तिमा भनिएको छ।
“हिंसात्मक भीड, अवरोध र राजनीतिक नेताहरूको दुष्प्रचारका बाबजुद जुन महिनादेखि १० हजारभन्दा बढी नियन्त्रणमा लिन सफल भएका छौँ।’ विज्ञप्तिमा ‘डीएचएसकी सहायक सचिव ट्रिसिया म्याकलफलिनकाले भनेकी छिन, ‘पक्राउ परेकामध्ये कतिपय अत्यन्तै जोखिमपूर्ण अपराधीहरू छन्, जसले हत्या, अपहरण, लैङ्गिक दुराचार, सशस्त्र लुटपाट लगायतका जघन्य अपराध गरेका छन् ।”
उनले क्यालिफोर्नियाका राज्यपाल गाभिन न्युसेम र लस एन्जलसकी प्रमुख करेन बासले जनताको सुरक्षाप्रति बेवास्ता गरेको आरोप लगाएकी छिन्दै।
“यी नेताहरूले अपराधीलाई सडकमा निःशुल्क घुम्न दिए। त्यसको सट्टा, अपराधीहरूलाई हटाइरहेका हाम्रो सुरक्षा संयन्त्रलाई दोष मात्र लगाइरहे,” उनले भनेकी छिन्।














