मेरिल्याण्डमा एक संघीय न्यायाधीशद्वारा आइस हिरासतमा रहेका साल्भाडोरन नागरिकको रिहा गर्न आदेश
मेरिल्याण्ड/ मेरिल्याण्डका एक संघीय न्यायाधीशले किल्मार अब्रेगो गार्सियालाई बिहीबार आप्रवासन हिरासतबाट मुक्त गर्न आदेश दिए जबकि उनको निर्वासन विरुद्धको कानुनी चुनौती अगाडि बढिरहेको छ।
न्यायाधीश पाउला सिनिसले आप्रवासन र भन्सार प्रवर्तनले अब्रेगो गार्सियालाई तुरुन्तै हिरासतबाट रिहा गर्नुपर्ने फैसला सुनाएका हुन्।
“एल साल्भाडोरमा गलत हिरासतबाट फर्किएदेखि, उनलाई फेरि कानुनी अधिकार बिना नै पुनः हिरासतमा राखिएको छ,” न्यायाधीशले आदेशमा खेलेका छन्, “यस कारणले गर्दा, अदालतले आइस हिरासतबाट तुरुन्तै रिहाको लागि अब्रेगो गार्सियाको याचिकालाई स्वीकृत गर्नेछ।”
साल्भाडोरन नागरिकको अमेरिकी श्रीमती र बच्चा भएको जनाइएको छ। उनी वर्षौंदेखि मेरील्याण्डमा बसोबास गर्दै आएका थिए।
उनी किशोरावस्थामा अवैध रूपमा अमेरिकामा प्रवेस गरेका थिए।
सन् २०१९ मा एक अध्यागमन न्यायाधीशले अब्रेगो गार्सियालाई एल साल्भाडोरमा निर्वासन गर्न नसकिने फैसला सुनाए किनभने उनले आफ्नो परिवारलाई लक्षित गर्ने गिरोहबाट खतरा रहेको बताएका थिए।
मार्चमा अब्रेगो गार्सियालाई गल्तीले त्यहाँ निर्वासित गर्दा, उनको मुद्दा राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासन कारबाहीको विरोध गर्नेहरूका विषयय बनेको थियो।
अब्रेगो गार्सियालाई अदालतको आदेश अन्तर्गत अमेरिका फिर्ता पठाइएको थियो। उनलाई एल साल्भाडोरमा निर्वासित गर्न नसकिने भएकोले, आइसले उनलाई अफ्रिकी देशहरूको श्रृंखलामा निर्वासन गर्न खोजिरहेको जनाइएको छ।
संघीय अदालतमा उनको मुद्दामा ट्रम्प प्रशासनले अब्रेगो गार्सियालाई एल साल्भाडोरमा गलत निर्वासनको लज्जास्पद घटनामा सजाय दिन अवैध रूपमा निर्वासन प्रक्रिया प्रयोग गरिरहेको दाबी गरिएको छ।















