सुनको मूल्य घट्दा चाँदी बढ्यो
काठमाडौँ । आज (मंगलबार) नेपाली बजारमा सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ३ सय रुपैयाँले घटेको हो ।
सोमबार २ लाख ५३ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज घटेर २ लाख ५३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । सोमबार ३५ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले बढेर ३५ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।







