आईस अधिकारीहरूलाई हत्या गर्ने धम्की दिने व्यक्ति विरुद्ध मुद्दा दायर
वासिङ्टन / संघीय कानून कार्यान्वयन अधिकारीलाई हत्या गर्ने र उनीहरूको परिवारमाथि यौन हिंसा गर्ने धम्की दिएको आरोपमा पोर्टल्यान्डका जोन पाल कप विरुद्ध मुद्दा दायर गरिएको अमेरिकी गृह सुरक्षा विभाग (डीएचएस) ले जनाएको छ।
कपले सामाजिक सञ्जालमार्फत हिंसात्मक, आतङ्ककारी तथा घृणात्मक सामग्रीहरू नियमित रूपमा प्रकाशन गर्दै आएका थिए। उनले अमेरिकाविरुद्ध युद्ध छेड्नुपर्नेजस्ता चरम पन्थी अभिव्यक्ति, यहूदी समुदायविरुद्ध धम्की तथा अन्य हिंसात्मक वक्तव्यहरू सार्वजनिक गरेका थिए।
अधिकारीहरूले बताए अनुसार, कपले पोर्टल्यान्डस्थित आइसीइ कार्यालयबाहिर खिचिएका भिडियोहरू सामाजिक सञ्जालमा पोस्ट गरेका थिए। ती भिडियोहरूमा उनले आईस अधिकारीलाई हत्या गर्ने धम्की दिएका थिए र उनीहरूको पत्नीहरूलाई लक्षित गर्दै गम्भीर यौन हिंसासम्बन्धी अभद्र धम्की दिएका थिए।
उनले स्वयंलाई “ओसामा बिन लादेन” भनेर उल्लेख गर्ने पनि गरेका थिए।
डीएचएसकी सहायक सचिव ट्रिसिया म्याकलाफ्लिनले यस्ता व्यक्तिले संघिय मुद्दाको सामाना गर्ने बताएकी छिन्।
“यस व्यक्तिले आईस अधिकारी र उनका परिवारलाई दिएको हिंसात्मक धम्कीका कारण अब फेडरल मुद्दाको सामना गर्दैछन्। हाम्रो तथ्यांकले देखाउँछ कि आईस अधिकारीहरूले आफू र आफ्नो परिवारमाथि पर्ने मृत्यु–धम्कीमा ८,००० प्रतिशत वृद्धि भोगिरहेका छन्।’ सहायक सचिव ट्रिसियालाई उदृत गर्दै डीएचएसद्वारा जारी विज्ञप्तीमा उल्लेख छ।
‘हत्या गर्न टाउको माथि ‘बाउण्टी’ राख्नेदेखि परिवारलाई लक्षित धम्की, अनलाइन ट्रोलिङ र डक्सिङसम्म उनीहरू अभूतपूर्व स्तरको जोखिममा छन्।’ सचिव नोएम स्पष्ट छिन्, ‘कानून कार्यान्वयन अधिकारीलाई धम्की दिने जो–कोहीमाथि कडाभन्दा कडा कारबाही हुन्छ।’
अमेरिकालाई सुरक्षित राख्न दैनिक रूपमा जोखिम उठाइरहेका आईस अधिकारीहरूको सुरक्षालाई अत्यन्त गम्भीररूपमा प्राथमिकता दिइने डीएचएसले जनाएको छ।
डीएचएस र आइसले पनि आम जनतालाई कुनै पनि आपराधिक गतिविधि वा शंकास्पद घटना देखेमा तुरुन्तै आइस हटलाइन 1-866-DHS-2-ICE मा सम्पर्क गर्न वा www.ice.gov मार्फत जानकारी दिन आग्रह गरेको छ।












