बुधखरी फाउन्डेशनद्वारा थ्याङ्सगिभिङ लन्च र संस्थाहरूको सम्मान
ह्यारिसबर्ग, पेन्सिल्भेनिया/ बुधखरी फाउन्डेशनले आफ्ना स्वयम सेवकहरूलाई थ्याङ्सगिभिङका अवसरमा विषेश लञ्च दिनुका साथै विभिन्न धार्मिक र सांस्कृतिक संघ संस्थालाई सम्मान गरेको छ।
ह्यारिसबर्गमा आइतबार फाउन्डेशनले धन्यवाद सहित लन्चको व्यवस्था र सम्मान गरेको हो।
हामीले नौ वटा संस्थालाई यस पटक सम्मान पत्र प्रदान गर्ने कार्यक्रम तय गरेका थियौ ६ वटा संस्थाका प्रतिनिधि आफै उपस्थित भएर ग्रहण गर्नु भयो।’ फाउन्डेशनका अध्यक्ष टीका ढुङ्गानाले भने,’यस पटक हामीले संस्थालाई सम्मान गरेका हौ।’
ढुङ्गानाका अनुसार अर्गनाइनेशन अफ हिन्दु रिलिजन एण्ड कल्चर (ओएचआरसी) का अध्यक्ष प्रेम खनाल, ग्लोबल भुट्नी हिन्दु अर्गनाइजेशन (जीबीएचओ) का अध्यक्ष नारद अधिकारी र श्रीबैश्णव परिषद् ह्यारिसबर्ग उपाध्यक्ष नेत्र भण्डारीले संस्थालाई प्रदान गरिएको सम्मान पत्र ग्रहण गरेका थिए।
यस्तै गुरुङ कम्युनिटी इन ह्यारिसबर्ग अध्यक्ष रेन्जिन गुरुङ,युनिभर्सल मानव धर्मका प्रतिनिधि निकी गुरुङ र भुट्नीज बुद्दिष्ट अर्गनाइजेशनका प्रतिनिधि दोर्जी तामाङले आ आफ्नो संस्थालाई प्रदान गरिएको सम्मान पत्र ग्रहण गरेका थिए।
‘हामीले सम्मान पत्र ग्रहणका लागि भुट्नीज कम्युनिटी इन ह्यारिसबर्ग (बीसीएच), किरात अर्गनाइजेशन, इमानियोल नेपाली चर्चलाई बोलाएका हौ, उहाँहरूको प्रतिनिधि उपस्थित हुन सक्नु भएन अब अर्को पटक समय मिलाएर हस्तान्तरण गर्छौ।’ ढुङ्गानाले भने।
उनले विभिन्न व्यक्ति र संघ संस्थाले समाजका लागि केही न केही गतिविधि गरेको र उनीहरूको प्रोत्साहनका लागि फाउन्डेशनले सम्मान गर्ने गरेको बताए।
‘यी संस्थाहरूले मान्छेहरूलाई एक ठाउँमा भेला भएर कार्यक्रम गर्ने वातावरण बनाएका छन् त्यसले मान्छेहरूलाई तनावबाट जोगाएको छ।’ बुधकारी फाउन्डेशनका अध्यक्ष ढुङ्गानाले भने,’ त्यस कारण उनीहरूलाई हामीले सम्मान गरेका हौ र यस्तो गरिएको ह्यारिसबर्गमा पहिलो पटक हो।’











