मुस्ताङको खिङ्गा गाउँ र पृष्ठभूमिमा याकघ्वा हिमाल (फोटो फिचर)
हिमाली जिल्ला मुस्ताङमा अवस्थित मुक्तिनाथ मन्दिरको प्रवेशद्वार खिङ्गा गाउँ र पृष्ठभूमिमा देखिएको याकघ्वा हिमालसहित थोङपासको दृश्य पर्यटकहरूको मन लोभ्याइरहेको छ ।
जोमसोमदेखि मुक्तिनाथ दर्शन गर्न जाने क्रममा देखिने यो रमणीय दृश्यले पछिल्लो समय पर्यटकको आगमन बढ्न थालेको छ ।
पछिल्लो समय यहाँका होटेल व्यवसायीहरूको दैनिकी फेरिएका छन् ।
मुक्तिनाथ हिन्दु तथा बौद्धमार्गीहरूको महत्त्वपूर्ण तीर्थस्थल मानिन्छ । हिन्दु धार्मिक मान्यता अनुसार मुक्तिनाथ दर्शनले मानिसहरूलाई मुक्ति तथा मोक्ष प्राप्त हुने जनविश्वास छ ।


तस्बिर : निरज थकाली (जोमसोम)













