अमेरिकामा राष्ट्रिय स्तरमा चर्चा पाएको पेन्सिल्भेनियाका तीन न्यायाधीशको रिटेन्शन चुनाव बारेमा जान्नै पर्ने केही कुरा
ल्यानक्यास्टर, पेन्सिल्भेनिया/ पेन्सिल्भेनियामा राज्य सर्वोच्च-न्यायालय (स्टेट सुप्रिम कोर्ट) का तीन न्यायाधीशका लागि आज मंगलवार (नोभेम्बर ४ तारिख) चुनाव हुँदै छ।
यो चुनावमा नियमित चुनाव भन्दा अलिक फरक छ। यस चुनावमा अन्य चुनाव जस्तै प्रत्यक्ष प्रतिस्पर्धी उम्मेदवार हुँदैनन् ।
मतपत्रमा मतदाताले “एस” वा “नो” भोट दिनेछन्। यहाँ उम्मेदवारहरू मध्ये एकलाई निर्वाचित गर्ने भन्ने हुँदैन। तीन न्यायाधीशलाई पुन चयन गर्ने की नगर्ने भन्ने चुनाव हो।
यसलाई रिटेन्शन चुनाव पनि भनिन्छ। त्यसको अर्थ उनीहरूलाई फेरि चुन्ने को नचुन्ने भन्ने हो।
पेन्सिल्भेनियामा सर्वोच्च-न्यायालयका न्यायाधीशहरू १० वर्षको कार्यकालपछि जननिर्णय (हो र होइन) मा आउँछन् ।
यस पटकको रिटेन्शन-भोट असामान्य रूपमा राजनीतिक र महँगो बन्न पुगेको छ । किनभने यो अदालतले आगामी निर्वाचन क्षेत्र निर्धारण (पुनः विभाजन), मताधिकार र चुनाव-सम्बन्धी मुद्दाहरूमा निर्णायक भूमिका खेल्छ।
त्यस कारण डेम्रोक्रेट्स र रिपब्लिकनहरूले यसलाई राष्ट्रिय मुद्दा बनाएका छन्।
यदि तीनै जना हटाइए भने अदालतको अस्थायी सन्तुलन र २०२६/२०२७ सम्म निर्णायक असर पर्ने सम्भावना देखाइएको छ।
यस पटक रिटेन्शनमा रहेका न्यायाधीशहरू २०१६ देखि २०२६ सम्मका लागि निर्वाचित भएका हुन्।
रिटेन्शनमा रहेकी न्यायाधीश क्रिस्टीन एल. डोनोह्यू पूर्वी स्ट्राउडसबर्ग विश्वविद्यालय (बी.ए.), डुक्स्ने विश्वविद्यालय कानून स्कुल (जे.डी.) अध्ययन गरेकी छिन्।
उनी सुपीरियर कोर्ट अफ पेन्सिल्भेनियामा २००८–२०१५ सम्म वकालत पेशामा थिइन । उनले निजी अभ्यास र ठुला कम्पनी/प्रसंगिक मुद्दामा वकालत गरेकी छिने। उनले पेन्सिलभेनिया न्यायिक अनुशासन अदालत र अनुशासन बोर्ड मा पनि सेवा दिइसकेकी छिन्।
उनलाई डेमोक्र्याटिक पार्टी सम्बद्ध समूहहरू, श्रमिक यूनियन र प्रगतिशील अधिकार समूहहरूले एसमा भोट दिन भन्दै अपिल गरेका छन्।
न्यायाधीश केभिन एम. डफरटीले टेम्पल युनिभर्सिटी (बी.ए.), एन्टिओक स्कुल अफ ल (जे.डी.) अध्ययन गरेका छन्।
लामो समयसम्म न्याय क्रममा काम गरेका डफरटीले सर्वोच्च अदालतमा समेत सेवा गरिसकेका छन्।
उनी सँग स्थानीय न्यायिक सेवा र सामाजिक-कानुनी मामिलामा अनुभव छ। न्यायिक रेकर्डमा उनी निर्विवाद छन्।
डफरटीले मत-पहुँच र चुनाव-सम्बन्धी मुद्दा, तथा श्रम/कर्मचारी अधिकारसम्बन्धी मामिलाहरूमा विशिष्ट मतहरू दिएका छन्; उनका निर्णयहरूले अदालतभित्रको सन्तुलनमा योगदान पुर्याएको दाबी गरिँदै आइएको छ।
न्यायधीस डेभिड न. वेच्टले सर्वोच्च अदालतमा सेवा गर्नु पहिले लामो समय वकालतमा थिए। उनी सँऊ अपिल अदालती अनुभव छ। सार्वजनिक प्रोफाइलमा कानुनी शिक्षण र गिरोह/आपराधिक-न्याय सम्बन्धी सार्वजनिक काम गरेका छन्।
उनी आप्रवासी-अधिकार/मत-पहुँच, नागरिक अधिकार र सङ्घीय-राज्य कानूनको परिमाणमा विचार समावेश भएको देखिन्छ ।
उनलाई प्रगतिशील संस्था, श्रमिक संगठन र अधिकार समूहहरूले समर्थन गरेका छन्।
किन यो रिटेन्शन चुनाव ‘राष्ट्रिय-स्तर’ महत्त्वको बन्छ?
निर्णायक मुद्दाहरूमा प्रभाव: पेन्सिल्भेनिया राष्ट्रपतिको चुनावका लागि महत्त्वपूर्ण राज्य रहँदै आएको छ।
राज्यमा सर्वोच्च अदालतले रेडिस्ट्रिक्टिङ (निर्वाचन क्षेत्र निर्धारण), मतदान-पद्धति, र चुनाव सम्बन्धी न्यायिक विवादहरूमा अन्तिम शब्द भन्ने सम्भावना हुन्छ। यदि अदालतको सन्तुलन परिवर्तन भयो भने आगामी २०२६ मध्यावधि र २०२८ राष्ट्रपतित्व चुनावमा कानुनी मुद्दाहरूमा फरक नतिजा आउन सक्छ।
यो रिटेन्शन अत्यधिक प्रचार र खर्चयुक्त भएको छ । डेमोक्र्याट र प्रगतिशील समूहहरूले १५ मिलियन डलरभन्दा बढी खर्च गरिरहेका रिपोर्टहरू छन्, र रिपब्लिकन-समर्थक अभियानहरूले पनि सक्रियता देखाएका छन्। एपी न्युजका अनुसार दुवै पक्षले यसलाई राष्ट्रिय-महत्त्वको विषय बनाएर लगानी गरिरहेको छ ।
राज्यका डेमोक्रेटिक नेताहरू गभर्नर जस सापिरो सहितले तीन न्यायाधीश समर्थनमा खुलेका छन्।
केही रिपब्लिकन-समर्थक समूह, र कानुनी/राजनीतिक संरक्षण गर्ने सञ्जालले ‘नो’-प्रचार गरिरहेका छन्। उनीहरूको तर्क न्यायाधीशहरूलाई हटाएर ‘नयाँ’ सन्तुलन चाहिन्छ भन्ने छ।
के ‘नो’ भए के हुन्छ?:
यदि पर्याप्त ‘नो’ भयो र कुनै न्यायाधीश हटाइयो भने, गभर्नरले अस्थायी पूर्ति गर्न नियुक्ति गर्न सक्छ । तर त्यसपछि आगामी पूर्ण चुनाव/नियमहरू अनुसार स्थिति परिवर्तन हुन सक्छ। तीनै जना हटिएमा अदालतको सन्तुलन बदलेर न्यायिक–निष्पक्षता र राजनीतिक प्रभावमा ठूलो हलचल आउन सक्छ जुन २०२६ मध्यावधि र २०२८ सम्म असर गर्न सक्छ।
विभिन्न एजेन्सीहरूको सहयोगमा















