ओहायोमा सम्पन्न पहिलो सनसाइन तेक्वान्दो च्याम्पियनसिप: ‘थर्ड आइ तेक्वान्दो एकेडेमी’ टिम विजेता
एक्रोन ओहायो/ पहिलो सनशाइन तेक्वान्दो ओपन च्याम्पियनसिपमा थर्ड आइ तेक्वान्दो एकेडेमी केन्टकी टिम विजेता भएको छ।
सनसाइन तेक्वान्दो एकेडेमीको आयोजना शनिवार ओहायो राज्यको एक्रोनमा च्याम्पियनसिप भएको थियो।
एक दिने च्याम्पियनसिपमा अमेरिकाका चार राज्यका आठ स्कुलका एक सय ५० भन्दा बढी खेलाडीले प्रतिस्पर्धा गरेका थिए। च्याम्पियनसिपमा स्प्यारिङ/पुम्से/ब्रेकिंग गरी तीन विधामा प्रतिस्पर्धा गराइएको थियो।
१३ स्वर्ण, दुई रजत र तीन कास्य गरी कुल १८ पदक सहित थर्ड आइ तेक्वान्दो एकेडेमी केन्टकी टिम च्याम्पियन भएको हो।
‘आयोजक टिम बाहेक सहभागी टिममा खेलाडी संख्या र उनीहरुले जितेको पदकको आधारमा हामीले टिम च्याम्पियनको घोषणा गरेका हौ।‘ च्याम्पियनसिप आयोजक सनसाइन तेक्वान्दो एकेडेमीकी संचालिकमा तथा मुख्य प्रशिक्षक कौशिला खनाल कर्माचार्यले भनिन्।
च्याम्पियनसिपमा सन साइनले ५८ स्वर्ण, तीस रजत र २० कास्य गरी कुल एक सय आठ पदक जितेको थियो।
यस्तै हिङमाङ तेक्वान्दो एकेडेमी, पेन्सिल्भेनियाले नौ स्वर्ण, चार रजत र तीन काश्य सहित कुल १६ पदक जित्यो। एभरेस्ट तेक्वान्दो, मिचिगनले नौ स्वर्ण एक रज गरी दश पदक जित्यो।
हिमालयन तेक्वान्दो ह्यारिसबर्ग पेन्सिल्भेनियाले सात स्वर्ण, ६ रजत र तीन कास्य गरी १६ पदक जित्यो।
यस्तै हिमालयन तेक्वान्दो लुइभसभिल केन्टकीले पाँच स्वर्ण, एक रजत ६ पदक जित्यो।
ग्लोबल तेक्वान्दो एकेडेमी ह्यारिसबर्ग पेन्सिल्भेनियाले पनि तीन स्वर्ण, दुई रजत र दुई कास्य पदक जित्यो।
एसियन सन मार्शल आर्ट्स, ओहायोले पाँच स्वर्ण र एक रजत गरी कुल ६ पदक जितेको थियो।
तेक्वान्दो प्रशिक्षक मास्टर कौशिला खनाल कर्माचार्य नेपाली भाषी भुटानी समुदायमा सबै भन्दा उपल्लो डान (पाँचौँ डान) प्राप्त व्यक्ति । उनी अमेरिकामा तेक्वान्दो स्कुल सञ्चालन गर्ने पहिलो नेपाली भाषी भुटानी पनि हुन् ।
कौशिलाले चार वर्ष अगाडि पाँचौँ डान प्राप्त गरेकी हुन्। उनले २०१० मा एरिजोनाको फिनिक्स शहरमा तेक्वान्दो स्कुल स्थापना गरेकी थिइन। पछि ओहायो बसाइ सरे पछि २०१९ मा सनसाइन तेक्वान्दो एकेडेमी शुरु गरेकी हुन्।
उनले च्याम्पियनसिप आयोजनामा सहयोग गर्ने सबैलाई धन्यवाद दिइन।
च्याम्पियनसिपका लागि मिचिगनबाट आएका वरिष्ठ प्रशिक्षक लव गोर्खालीले यस्ता च्याम्पियनसिपले खेलाडीलाई मौका दिन बताए।
यस अगाडि च्याम्पियनसिपको उद्घाटन एक्रोन सिटी काउन्सिल मेम्बर फिल लम्बाडोले गरेका थिए। सो अवसरमा सनसाइन तेक्वान्दो एकेडेमीका खेलाडीहरूले विभिन्न कला प्रस्तुत गरेका थिए। यस्तै
दर्जन बढी विश्व रेकर्ड होल्डर प्रो पार्कर खेलाडी दिनेश सुनारले प्रदर्शन गरेका थिए।
च्याम्पियनसिप हाइलाइट













