होमल्याण्ड डिफेन्डरमा जागिर खुल्यो
ल्यानक्यास्टर, पेन्सिल्भेनिया/ युएस सिटिजन एण्ड इमिग्रेसन सर्भिस (युएससीआइएस) ले होमल्याण्ड डिफेन्डरमा जागिर खुलाएको छ।
यस पदमार्फत अमेरिका भित्रको आप्रवासन प्रक्रिया, आवेदन समीक्षा र राष्ट्र-सुरक्षा सुनिश्चित गर्ने कार्य गर्नु पर्ने छ। यस्तै नागरिकता-प्रक्रिया आदि सम्बन्धी कागजात र प्रमाणहरूको समीक्षा र निर्णय गर्ने अवैध आप्रवासन, ठगी वा भ्रामक विवरण भए खण्डमा अनुसन्धानात्मक गतिविधिमा जुट्ने सम्भावना।
अमेरिका भित्र आप्रवासन नीति र नियमहरूलाई कार्यान्वयन गर्दै, “राष्ट्र-सुरक्षा” र “संस्कृति रक्षा” को मर्मअनुसार काम गर्ने।
३० सेप्टेम्बर २०२५ देखि २९ सेप्टेम्बर २०२६ सम्म।
युएससिआइएसले हालका वर्षहरूमा आप्रवासन दस्ताबेज, नागरिकता आवेदन, शरणार्थी प्रक्रिया र ठगी नियन्त्रणमा देखिएका चुनौतीहरूलाई मध्यनजर गर्दै “होमल्याण्ड डिफेन्डर” नामक विशेष भर्ती कार्यक्रम सुरु गरेको हो।
संस्थाले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ “युएससिआइएसका कर्मचारीहरू अमेरिकी सपना जोगाउने अग्र पङ्क्तिका रक्षक हुन्। तपाईँ पनि हाम्रो टिममा सामेल भई अमेरिका सुरक्षित र न्यायपूर्ण बनाउन योगदान दिन सक्नुहुन्छ।”
के के काम गर्नु पर्ने हुन्छ?
‘होमल्याण्ड डिफेन्डर’ अर्थात् इमिग्रेसन सर्भिस अफिसरले निम्न कार्यहरूमा संलग्न हुनेछन् —
- नागरिकता, वर्क परमिट, र ग्रीन कार्ड आवेदनको मूल्याङ्कन र निर्णय गर्ने
- नक्कली कागजात, ठगी वा सुरक्षा जोखिमका केसहरू पहिचान र अनुसन्धान गर्ने
- आप्रवासन कानुन र संघीय नीति कार्यान्वयनमा सहकार्य गर्ने
- अमेरिकी राष्ट्रिय सुरक्षासँग सम्बन्धित सूचना व्यवस्थापनमा सहयोग पुर्याउने
योग्यता र आवेदन प्रक्रिया
युएसिआइएस अनुसार यो संघीय पदका लागि अमेरिकी नागरिकता अनिवार्य हुनेछ।
आवेदन खुला मिति सेप्टेम्बर ३०, २०२५ देखि सेप्टेम्बर २९, २०२६ सम्म रहनेछ।
उम्मेदवारले सम्बन्धित विवरण र अनलाइन आवेदन फारम आधिकारिक वेबसाइट www.uscis.gov/join मा भर्न सक्नेछन्।
आवेदनकर्तासँग प्रशासन, कानुन, आप्रवासन नीति, अनुसन्धान वा सार्वजनिक सेवा क्षेत्रको अनुभव भएमा प्राथमिकता दिइने बताइएको छ।












