हङकङबाट अमेरिका भित्राउन लागिएको ठूलो मात्रमा नक्कली डाइभर लाइसेन्स बरामद

Getting your Trinity Audio player ready...
|
अमेरिका । यूएस भन्सार र सीमा सुरक्षा (सीबीपी) ठूलो मात्रामा नक्कली सवारी चालक अनुमति पत्र (डाइभर लाइसेन्स) पक्राउ गरेको छ ।
हङकङबाट अमेरिकाका विभन्न राज्यमा पठाउन ल्याइएको नक्कली सवारी चालक लाइसेन्स इन्डियानापोलिस सीबीपीले पक्राउ गरेको हो । सीबीपीले १२ सय सात नक्कली चालक लाइसेन्स जफत गरेको जनाएको छ ।
इन्डियानापोलिस सीबीपीले हङकङबाट आएका तीनवटा ढुवानीलाई नियन्त्रणमा निरिक्षण गर्दा नक्कली लाइसेन्स भेटिएको जनाएको छ । ढुवानी प्याकेजमा २० डलर मुल्य तोकि गेम कार्ड लेखेर अमेरिका भित्राउन लागिएको सीबीपीले जनाएको छ ।
पहिलो प्याकेजमा तीन सय ५८ नक्कली चालक अनुमतिपत्र रहेको जनाइएको छ । जनु शिकागो पठाउन लागिएको थियो । यस्तै न्यूयोर्क पठाइन लागेको दोस्रो र तेस्रो ढुवानीमा क्रमश चार सय ८२ र तीन सय ६७ नक्कली लाइसेन्स भएको सीबीपीको भनाइ छ ।
‘जफत गरिएका नक्कली लाइसेन्सहरू क्यालिफोर्निया, ओहायो, साउथ क्यारोलिना, मिशिगन, नर्थ क्यारोलिना, इलिनोइस, न्यू जर्सी, पेन्सिलभेनिया र टेक्सासलगायत २० भन्दा बढी राज्यका लागि थिए।’ सीबीपीको बुलेटिनमा भनिएको छ । ‘धेरैजसो कलेज-उमेरका विद्यार्थीहरूका लागि थिए, र केही लाइसेन्सहरुमा एउटै फोटो तर नाम फरक थिए ।’
उमेर नपुगेका व्यक्तिहरुले बारमा जानका लागि आइडीको रुपमा यस्तो नक्कली सवारी लाइसेन्स प्रयोग गर्ने आशंका सीबीपीले गरेको छ ।
अमेरिकाका प्राय राज्यमा मदिरा र तथा धुमपानका सामान २१ बर्ष मुनिकाले खरिद गर्न पाउदैनन । कतिपय राज्यले १८ बर्ष पुगेकालाई धुमपानका सामन किन्न अनुमति दिन्छ । कतिपय ठाँउमा यौन अपराध र अन्य अवैध कार्यका लागि पनि नक्कली सवारी चालक पत्र प्रयोग हुने आशंका सीबीपीको छ ।