अमेरिकामा हरिबोल भण्डारी घरमा मृत भेटिए
टेक्सस/ नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि समेत रहेका अमेरिकाको टेक्सस निवासी हरिबोल भण्डारी निजी निवासमा मृत भेटिएका छन्।
कांग्रेसका महासमिति सदस्य तथा विश्व सञ्जालका अध्यक्ष बिष्णु सुवेदीका अनुसार भण्डारी टेक्सस स्थित घरमा मंगलवार बिहान मृत भेटिएका हुन्।
उनको निधनको कारण खुलाइएको छैन। भण्डारी लामो समय देखि अमेरिकामा व्यवसाय गर्दै आएका थिए।
उनी गैर आवासीय नेपाली संघ (एनआरएनए) पूर्व सल्लाहकार पनि हुन्।
भण्डारी अमेरिकी नेपाली समाजमा परिचित व्यक्ति हुन्।














