सिंहदरबार प्रदर्शनकारीकै नियन्त्रणमा
काठमाडौं । सोमबारदेखि आन्दोलनमा उत्रिएका जेनजी पुस्ताका प्रदर्शनकारीहरू मंगलबार साँझसम्म पनि सिंहदरबार अगाडि प्रदर्शनरत छन् ।
मंगलबार दिउँसो सिंहदरबार प्रवेश गरेर अधिकांश मन्त्रालय र सरकारी कार्यालयहरूमा आगजनी गरेका उनीहरू साँझसम्म सिंहदरबार गेट अगाडि प्रदर्शनमा छन् ।
प्रदर्शनकारीले सिंहदरबारको मुख्य भवनमा समेत आगजनी गरेका थिए ।
सिंहदरबारका चार वटै गेटमा सुरक्षाकर्मी नभएको मौकामा उनीहरू भित्र छिरेका थिए ।
नेपालको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार अहिले पूर्णरुपमा प्रदर्शनकारीको नियन्त्रणमा छ । तथापि, सेनाले पहरा भने दिइरहेको छ ।














