दोस्रो हिमालयन ओपन तेक्वान्दो च्याम्पियनसिपमा २४ स्कुलका ३ सय बढी खेलाडीको सहभागिता पक्का, ४ सयको लक्ष्य
ह्यारिसबर्ग, पेन्सिल्भेनिया/ दोस्रो हिमालयन ओपन तेक्वान्दो च्याम्पियनसिपमा आठ राज्यबाट २२ स्कुलका तीन सय बढी खेलाडीले भाग लिने पक्का भएको आयोजकले जनाएको छ।
च्याम्पियनसिप सेप्टम्वर १३ तारिख शनिवार बिहान नौ बजे देखि पेन्सिल्भेनियाको ह्यारिसबर्ग नजिक पालमारामा (1125 PARK DR, PALMYRA PA 17078) हुँदै छ।
हिमालयन तेक्वान्दो ह्यारिसबर्गले च्याम्पियनसिप आयोजना गर्न लागेको हो। हिमालयन तेक्वान्दो ह्यारिसबर्ग पेन्सिल्भेनियामा नेपाली भाषीले स्थापना गरेको पहिलो स्कुल हो।
आयोजकको तर्फबाट आइतबार ह्यारिसबर्गमा आयोजित पत्रकार सम्मेलनमा हिमालयन तेक्वान्दो ह्यारिसबर्गका संचालक तथा मुख्य प्रशिक्षक मास्टर नकुल शर्माले च्याम्पियनसिपमा आठ राज्यबाट खेलाडी सहभागी हुने जानकारी दिए।

‘आठ राज्यका २४ स्कुलबाट तीन सय बढी खेलाडीले च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्नका लागि नाम दर्ता गराएका छन्. अझै समय बाँकी छ यो संख्या चार सय कट्ने भन्ने छ।’ पत्रकार सम्मेलनमा मास्टर शर्माले भने।
शर्माका अनुसार पेन्सिल्भेनियाबाट सर्वाधिक ८ स्कुलका खेलाडीले भाग लिने छन्। आयोजक हिमालय तेक्वान्दो ह्यारिसबर्ग सहित, हिमालयन तेक्वान्दो शिपिंगबर्ग, हिमालयन तेक्वान्दो कोर्सबर्ग, क्वाकको तेक्वान्दो,की स्टोन तेक्वान्दो, सोरिङ ईगल तेक्वान्दो र युएसए नेशनल तेक्वान्दो नेटवर्कका खेलाडीले सहभागिता जनाउने छन्।

यस्तै भर्जिनियाबाट एटीएमएए, पिल्सङ मार्शल आर्ट्स,जेटीए र डायमाका खेलाडी आफ्नो चुनौती पस्कन ह्यारिसबर्ग आउने छन्।
मेरिल्यान्डबाट पनि वाइल्ड लेक कराते एन लर्निङ सेन्टर, जेन्टल इस्ट तेक्वान्दो र क्याडेट तेक्वान्दो एकेडेमी, बाल्टिमोरका खेलाडीले प्रतिस्पर्धा गर्ने छन्।

मिचिगनबाट एभरेस्ट तेक्वान्दो वाटरफोर्ड, ज्योति एभरेष्ट तेक्वान्दो र सार ब्रदर्स तेक्वान्दो, ल्यान्डिङका खेलाडीले च्याम्पियनसिपमा भाग लिने छन्।
यस्तै ओहायोबाट सनशाइन कोलम्बस, सनशाइन रेनोल्ड्सबर्ग र सनशाइन एक्रोन तथा मिनेस्टोटाबाट मास्टर किम वर्ड क्लास तेक्वान्दोका खेलाडीले च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने छन्।
यसै गरी केन्टकीबाट हिमालयन तेक्वान्दो र न्यु जर्सीबाट हाइ प्रोफर्मेन्स तेक्वान्दो स्कुलले च्याम्पियनसिपमा भाग लिने छन्।


















