भर्जिनियामा दशै-तिहार महोत्सव अक्टोबर ४ तारिख

Getting your Trinity Audio player ready...
|
भर्जिनिया, अमेरिका/ अमेरिकाको भर्जिनिया राज्यमा अक्टोबर पहिलो साता दशै- तिहार महोत्सव हुने भएको छ। अक्टोबर ४ तारिख भर्जिनियाको अशबर्नमा हुने दशै तिहार महोत्सवलाई अमेरिकामा नेपाली समुदायको अहिले सम्मकै ठूलो हुने आयोजकको दाबी छ।
थ्री इ इन्टरटेन्टमेन्टको आयोजनामा हुने नेपाली सांस्कृतिक महोत्सव अक्टोबर ४, शनिवार (One Loudoun, 20626 Easthampton Plaza, Ashburn, VA 20147) दिउँसो १२:०० बजे देखि राति १०:०० बजे हुने जनाइएको छ।
आयोजकका अनुसार यो चौथो संस्करण हो। महोत्सवको उद्देश्य नेपाली डायस्पोरा तथा दक्षिण एशियाली समुदायलाई एकसाथ ल्याउँदै, संस्कार, परम्परा, संगीत, खाना, नृत्य र सहकार्यलाई एकै थलोमा जोड्ने अभियान रहेको जनाइएको छ।
‘दशैंको विजय र तिहारको उज्यालोले भरिएको यो महोत्सव नेपाली पहिचान र गर्वको उत्सव हो।‘ महोत्सवको तयारीका बारेमा जानकारी दिन आयोजकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
‘संलग्न हुनुहोस्। प्रोत्साहन दिनुहोस्। सशक्त बनाउनुहोस्।‘ नारा सहित आयोजना हुन लागेको महोत्सवको मूल उद्देश्य मनोरञ्जनको माध्यमबाट नेपाली समुदायलाई जोड्ने, प्रेरणा दिने र सशक्त बनाउने भनिएको छ।
महोत्सवले नेपाली समुदायलाई सहभागितामूलक र सजीव कार्यक्रममार्फत संलग्न गराउने, नेपाली कलाकार, युवा, उद्यमीहरूलाई प्रतिभा प्रदर्शन गर्न हौसला दिने र नेपाली समुदायलाई पहिचान, सम्मान, र अवसरहरू प्रदान गर्ने अपेक्षा गरिएको छ।
‘थ्री इ इन्टरटेन्टमेन्टले केवल कार्यक्रम आयोजना मात्र होइन, स्थानीय सामाजिक संस्थाहरूसँग सहकार्य गरेर समुदायलाई प्रत्यक्ष समर्थन पनि गर्छ।‘ विज्ञप्तिमा भनिएको छ, ‘यस पटक महोत्सवबाट सङ्कलित आम्दानीको केही अंश टेन्डर हार्ट्स फाउन्डेसन र ग्लोबल फेमिली फाउन्डेसनहरूलाई प्रदान गरिनेछ, जसले घरेलु हिंसा, शिक्षा र पारिवारिक सहयोगमा काम गर्दै आएका छन्।‘
‘महोत्सव केवल चाडपर्व होइन, यो हाम्रो इतिहास, आत्मा र एकताको प्रतीक हो।‘ आयोजक अञ्जना बुढाथोकी भन्छिन्, ‘हामी सबै नेपाली संस्कृतिको लागि काम गरिरहेकाहरूलाई यस अभियानमा सहभागी हुन हार्दिक निमन्त्रणा दिन्छौँ।‘
महोत्सवमा के के हुनेछ?
दशैं–तिहार सजावट र अनुभवहरू — जमरा, टिका, दियो, र सांस्कृतिक झलकहरू
प्रत्यक्ष संगीत कार्यक्रम — चर्चित नेपाली तथा दक्षिण एशियाली कलाकारहरूको प्रस्तुति
दक्षिण एशियाली नृत्य प्रतियोगिता — युवा प्रतिभाहरूको प्रतिस्पर्धा
चङ्गा उत्सव — परम्परागत दशै रमाइलो
कुमारी रथ प्रदर्शनी — नेपालकी जीवित देवीको सांस्कृतिक झलक
कला प्रतियोगिता र प्रत्यक्ष चित्रकला — बालबालिका र कलाकारहरूद्वारा सृजनात्मक प्रस्तुति
पारम्परिक नेपाली तथा दक्षिण एशियाली खाना — म:म:, सेल रोटी, समोसा, र विविध परिकारहरू
संस्कृतिक बजार — हस्तकला, पहिरन, गहना र अन्य सामाग्रीहरू
परिवारमैत्री गतिविधिहरू — बालबालिकाका लागि रमाइलो खेलहरू, अनुहार रङ्गाउने, फोटो बुथ
गैर-नाफामूलक संस्थाहरूको सहभागिता — सामाजिक परिवर्तनमा संलग्न संस्थासँग प्रत्यक्ष भेटघाट
कार्यक्रम विवरण:
मिति: शनिवार, अक्टोबर ४, २०२५
समय: दिउँसो १२:०० बजे – राति १०:०० बजे
स्थान: One Loudoun, 20626 Easthampton Plaza, Ashburn, VA 20147
वेबसाइट: www.dtfest.com
टिकट तथा विक्रेता दर्ता: https://eventhub.net/events/DT-Fest-2025_6798
सम्पर्क जानकारी:
3E Entertainment – आयोजना समिति
सुरेश सापकोटा, CEO
info@3etainment.com
(833) 383-3783 Ext. 1
विक्रेता तथा दर्ता सम्बन्धी सम्पर्क:
vendor@dtfest.com
(833) 383-3783 Ext. 2
प्रचार–प्रसार तथा प्रायोजन:
निशान्त काफ्ले, मार्केटिङ निर्देशक
marketing@3etainment.com
(833) 383-3783