एनआरएनए अमेरिकाको अध्यक्षमा सतेन्द्र साह र महासचिवमा मोहन न्यौपाने विजयी

ल्यानक्यान्टर, पेन्सिन्लभेनिया/ गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिकाको अध्यक्षमा सतेन्द्र साह विजयी भएका छन्।
सोमबार बिहान सम्पन्न मतदान पछि घोषित परिणाम अनुसार सतेन्द्र ३२ सय २८ मत सहित विजयी भएका हुन्।
निर्वाचन कमिटीका प्रमुख टुक रेग्मीका अनुसार अनलाइन भोटिङ मार्फत २४ घण्टा भएको मतदानमा आठ हजार तीन सय तीन मत खसेको थियो । यो कुल मतको ६३ दशमलव शून्य दुई प्रतिशत हो।
अध्यक्षमा चार जना प्रतिस्पर्धामा थिए। सतेन्द्रले आफ्ना निकटतम प्रतिद्वन्द्वी भानु खरेललाई सात सय २२ मतको अन्तरले हराए।
भानु खरेलले २५ सय ६ मत पाए। भानु निवर्तमान कमिटीमा उपाध्यक्ष थिए। अध्यक्षका अर्का प्रत्याशी राम हरि अधिकारी दुई हजार ६३ मत सहित तेस्रो स्थानमा रहे। उनी निवर्तमान कमिटीका महासचिव हुन्।
अध्यक्षमा नो भोट चार सय एक मत पर्यो भने अर्का प्रत्याशी रामजी आचार्यले एक सय पाँच मत पाए।
वरिष्ठ उपाध्यक्ष सन्तोस पहारी ३३ सय ८८ मत सहित विजयी भए। उनी रामहरि अधिकारी प्यानलबाट चुनावी मैदानमा थिए।
वरिष्ठ उपाध्यक्षमा डा. पुरुषोत्तम दाहाल २८ सय ३९ र सरोज सिग्देल १४ सय ६५ पाए। वरिष्ठ उपाध्यक्षमा नो भोट ६ सय ११ रह्यो।
उपाध्यक्ष प्रदीप चौलागाई २८ सय ८२, डा. गंगाधर आचार्य २८ सय ५८, आङछिरिङ शेर्पा २७ सय ९४ र सुरेन्द्र लौडरी २६ सय ८८ मत सहित विजयी भए।
महिला उपाध्यक्षमा सुनिला कार्की ३४ सय तीन मत सहित विजयी भइन। दुर्गा तिवारीले २७ सय ५५ र गीता बजगाईँले १६ सय नौ मत पाए। महिला उपाध्यक्षमा नो भोट पाँच सय ३६ मत रह्यो।
युवा उपाध्यक्षमा विजय वाइवा २८ सय २३ मत सहित विजयी भए। नवराज न्यौपाने २७ सय ६९ र सुबोध रेग्मी दुई हजार ५२ पाए। युवा उपाध्यक्षमा नो भोट ६ सय ५९ मत रह्यो।
महासचिव मोहन न्यौपाने चार हजार १३ मत सहित विजयी भए। न्यौपाने सतेन्द्र टिमबाट उम्मेदवार थिए। उनका प्रतिद्वन्द्वी अनुप खनालले ३१ सय ८५ मत पाए । चुनावको केही दिन अगाडि उम्मेदवारी फिर्ता लिएका महासचिवका उम्मेदवार तेज पौडेलले पाँच सय ५४ पाए। महासचिवमा नो भोट पाँच सय ५१ मत रह्यो।
सचिवमा सूर्य बस्ताकोटी २६ सय २३ सहित विजयी भए। यस्तै बासुदेव भट्ट २३ सय ६५,
सुभाष बैठा १९ सय ९३ मत पाए। सचिवमा नो भोट सात सय ४४ मत भयो भने सुभाष अर्याल पाँच सय ७८ मत पाए।
यस्तै कोषाध्यक्षमा रवीन्द्र उप्रेती ३९ सय ४६ मत सहित विजय भए। महेन्द्र बस्नेत ३६ सय १५ मत पाए। कोषाध्यक्षमा नो भोट सात सय ४२ मत रह्यो।
युथ कोअडिनेटर सनसार चौलागाई ३९ सय ७१ मत सहित विजयी भए। बिकी थापाले ३५ सय ८२ मत पाउँदा नो भोट सय ५० खस्यो।
महिला कोअडिनेटर करिना कुनवार ४३ सय ६८ मत सहित विजयी भइन् । सरस्वती शर्मा ३२ सय ३९ मत पाउँदा नो भोट ६ सय ९६ खस्यो।
बोर्ड अफ डाइरेक्टर सन्तोस लम्साल ४३ सय ९६, माधव गौतम ४१ सय ४१, बाबुराम काफ्ले ३७ सय ६१, ध्रुव गौतम ३७ सय २१, राजु शाह ३५ सय ४६, इन्द्र कान्त चौधरी ३३ सय ९२, ओम विश्वकर्मा ३३ सय नौ र हेम थकुल्ला ३२ सय ३१ मत सहित विजयी भए।