अक्टोबरमा काठमाण्डौमा हुने एनआरएनए आइसीसीको महाधिवेशन प्रतिनिधिका आवेदन दर्ता खुल्यो

काठमाडौँ । गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) बद्री केसी समूहले अक्टोबरमा काठमाडौँमा हुने महाधिवेशनका लागि प्रतिनिधिको आवेदन दर्ता खुलाएको छ।
केसी समूहले अगस्त दश देखि आवेदन दर्ता खुलाएको हो।
‘आदरणीय पञ्जीकृत सदस्यज्यू,गैर आवासीय नेपाली संघ (एनआरएन) को २०२२ को विधानको धारा १३.७ अनुसार अन्तर्राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि चयन प्रक्रिया अन्तर्गत, अन्तिम प्रतिनिधि सूची सम्बन्धित राष्ट्रिय समन्वय परिषद् (एनसीसी ) हरूद्वारा पुष्टि गरी अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) सचिवालयमा २०२५ अगस्ट ३१ भित्र पेश गर्नुपर्ने व्यवस्था रहेको छ ।’ सचिवालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
‘यसै सन्दर्भमा, प्रतिनिधि आवेदन प्रक्रिया २०२५ अगस्ट १० देखि अगस्ट २० सम्म स्मार्ट एनआरएनए मोबाइल एपमार्फत खुला गरिँदैछ । महाधिवेशन प्रतिनिधिको छनोट संघको विधानको दफा १३.७, अनुसूची ६ र ६(क), तथा महाधिवेशन प्रतिनिधि व्यवस्थापन नियमावलीमा व्यवस्था भएबमोजिम हुने जानकारी गराइन्छ।’ विज्ञप्तिमा भनिएको छ।
सचिवालयले तोकिएको समयावधिभित्र स्मार्ट एनआरएनए एपमार्फत आवेदन दर्ता गर्नुहुन सबै योग्य तथा इच्छुक पञ्जीकृत सदस्यहरूलाई अनुरोध गरेको छ।
एनआरएनए आइसीसी प्रतिनिधि बन्न आवेदन दिने प्रक्रिया:
१. स्मार्ट एनआरएनए एप खोल्नुहोस् र लगइन गर्नुहोस्।
२. “Apply Delegates” सेक्सनमा जानुहोस्।
३. ड्रप डाउन मेनुबाट तपाईँले हालै सम्हालेको सर्वोच्च पद चयन गर्नुहोस्।
४. सो पदमा कार्य गरेको कार्यकाल (tenure) निर्दिष्ट गरिएको ढाँचामा उल्लेख गर्नुहोस्।
५. आफ्नो बारेमा थप जानकारी भए टिप्पणी (Remarks) लेख्नुहोस् (वैकल्पिक)।
सम्पूर्ण प्रक्रिया पूरा भएपछि, तपाईँको निवेदन राष्ट्रिय समन्वय परिषद्ले (NCC) रुजु गरी, संघको आधिकारिक वेबसाइटमा प्रतिनिधि नामावली प्रकाशन गरिनेछ।
प्रतिनिधि आवेदन दर्ता गर्न लिङ्कमा रहेको https://youtu.be/0IjFe3s7XG8?feature=shared मा क्लिक गरेर थप जानकारी लिन सक्नुहुनेछ।
साथै, यहाँहरूका जानकारीका लागि संघको विधान २०२२ र महाधिवेशन प्रतिनिधि व्यवस्थापन सम्बन्धी नियमावली समेत यसै पत्रसँग संलग्न गरिएको जानकारी गराइन्छ।
संलग्न सन्दर्भ सामाग्रीहरू :
Video : https://youtu.be/0IjFe3s7XG8?feature=shared
संघको विधान २०२२
महाधिवेशन प्रतिनिधि व्यवस्थापन सम्बन्धी नियमावली