गणतन्त्रमा जे पनि गर्न पाइन्छ भन्ने सोच गलत : विजय लामा

Getting your Trinity Audio player ready...
|
काठमाडौ / क्याप्टेन विजय लामाले गणतन्त्रमा जे पनि गर्न पाइन्छ भन्ने सोच गलत भएको बताएका छन्।
ग्लोबल युथ पार्लामेण्टले बिहिवार काठमाडौमा आयोजना गरेको १६५ युवा सांसदको घोषणा तथा सपथ ग्रहण समारोहमा क्याप्टेन लामाले प्रजातन्त्र र गणतन्त्र आएपछि जे पनि बोल्न र गर्न सक्छौ भन्ने सोचले गर्दा जे पनि बोल्ने र अपमान गर्ने प्रवृत्तिको विकास भएको भन्दै यसलाई रोक्नको लागि युवाहरूको खाँचो रहेको बताए ।
उनले भने, ‘सबै मान्छेले भन्छ हाम्रो देश बनेन भनेर किन बनेको छैन । हाम्रो देश नबनेको भए आज यति धेरै युवाहरू भेला हुँदै हुदैँन् थियो । प्रजातन्त्र र गणतन्त्र आएपछि हामीले जे पनि बोल्न सक्छौ भन्ने सोचका साथ अगाडि बढेका छौ तर त्यो सोचमा पनि विकृति आएको छ । बोल्न पायो भन्दैमा जे पनि बोल्ने, अपमान गर्ने प्रवृत्तिको विकास भएको छ । यसलाई रोक्नको लागि पनि युवाहरूको खाँचो छ । बोल्दा के बोल्ने भन्ने कुरामा विशेष ध्यान दिनुपर्छ ।’
आजको शक्ति भनेको युवा वर्ग नै भएको पनि उनको भनाई छ । ग्लोबल युथ पार्लामेण्टका संयोजक दिवाकर अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा युवाहरूलाई प्रशिक्षण दिइएको थियो ।