जनसम्पर्क समिति क्यानडाको सभापतिमा पुनः उदय दुरा
|
Getting your Trinity Audio player ready...
|
क्यानडा/ नेपाली जनसम्पर्क समिति क्यानडाको अध्यक्षमामा पुनः उदय दुरा सर्वसम्मत चयन भएका छन् ।
शनिवार लन्डन सिटीमा भएको चौथो अधिवेशनले अध्यक्षमा दुरालाई सर्वसम्मत चयन गरेको निर्वाचन समितिका संयोजक भोजराज भट्टले जानकारी दिए ।
पुन अध्यक्ष चयन भएपछि दुराले समितिलाई केही दिनमा पूर्णता दिने बताए।
‘समितिका सम्पूर्ण पदहरू केही दिन भित्रै सबैको भावना र बिचार समेटेर सर्ब सम्मत रूपमा चयन गरिनेछन्।’ दुराले भने।
अधिवेशनले आर्थिक समितिका संयोजक राम कुमार शाहले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सहित विभिन्न प्रतिवेदन र प्रस्ताव समेत पास गरेको थियो।
यस अघि नेपाली जनसम्पर्क समिति क्यानडाका सभापति उदय दुराको अध्यक्षतामा भएको चौथो अधिवेशनमा प्रमुख अतिथि समाजसेवी ढुण्डिराज पाण्डे, विशिष्ट अतिथि एनआरएनए क्यानडाका उपाध्यक्ष किरोज श्रेष्ठ, एनआरएनए क्यानडाका कोषाध्यक्ष बिद्या भूषण कार्की, नायग्रा नेप्लीज सोसाइटीका अध्यक्ष राज शर्माले शुभकामना मन्तव्य राखेका थिए ।
त्यसैसरि कार्यक्रममा एनआरएनएका फर्मर आईटी कोअर्डिनेटर भरत शर्मा, नेपाली लन्डन कम्युनिटीका सचिव दिपक लामा, नेपाली लन्डन कम्युनिटीका निवर्तमान अध्यक्ष निरञ्जन ठकुरी, नेपाली जनसम्पर्क समिति क्यानडाका चेयर पर्सन निरञ्जन थापा, उपसभापति सम्भुसिं ठकुरी, नेपाली जनसम्पर्क समिति क्यानडाका कानुनी सल्लाहकार तथा निर्वाचन समितिका संयोजक भोजराज भट्ट, लगायतले कार्यक्रममा मन्तव्य राखेका थिए ।
कार्यक्रममा समितिका सह महामन्त्री नेत्र भट्टराई, दामोदर खनाल लगायतको उपस्थिति रहेको थियो । नेपाली जनसम्पर्क समिति क्यानडाका महामन्त्री रमेश रिजालले सञ्चालन गरेको कार्यक्रममा संस्थाका प्रवक्ता तथा चौथो अधिवेशन तयारी समितिका संयोजक साहसनाथ अधिकारीले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।













