बानामा फरफरायो नेपाल,अमेरिका र मेरिल्यान्डको झन्डा

Getting your Trinity Audio player ready...
|
बाल्टिमोर, मेरिल्याण्ड/ अक्टोबर २६ शनिवार अमेरिकामा रहेको नेपाली समुदाय त्यसमा पनि मेरिल्याण्डमा रहेका नेपालीका लागि विषेश दिन बनेको छ।
बाल्टिमोर एसोसिएसन अफ नेपालिज इन अमेरिका (बाना) को प्राङ्गणमा नेपाल, अमेरिका र मेरिल्याण्ड झन्डा फरफराइएको छ। यसलाई बानाका पदाधिकारीले अविस्मरणीय र ऐतिहासिक भनेका छन्।
प्रमुख अतिथि रहेका बाल्टिमोर काउन्टीका काउन्टी एक्जिक्युटिभ जोनी ओ प्रमुखले अमेरिका, नेपाली मूलका पहिलो अमेरिकी डेलिगेट ह्यारी भण्डारीले मेरिल्याण्ड झन्डा र बाना अध्यक्ष सुबोध विलास पन्तले नेपालको झन्डा झन्डोत्तोलन गरेका थिए ।
बाना अमेरिकामा नै रहेका नेपाली संघ संस्था मध्ये सक्रिय रहँदै आएको छ। यो संस्थाको मेरिल्याण्ड राज्यको बाल्टिमोर शहरमा कार्यक्षेत्र रहेको छ। बानाले अमेरिकामा नेपाली समुदायको हक हितमा काम गर्दै आएको छ।
झन्डोत्तोलन कार्यक्रममा वक्ताहरूले ऐतिहासिक क्षणमा उपस्थिति हुन पाउनु नै गौरवको विषय भएको बताए।

कार्यक्रमको सञ्चालन बाना ट्रस्टीका अध्यक्ष कुलमणि आचार्यले गरेका थिए। कार्यक्रममा प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापा सहित व्यक्तिहरू उपस्थित थिए।
झन्डा फरफराउने कार्यक्रममा सूर्य तिमिल्सिना र हेमन्त तिमिल्सिनाले बानाका बारेमा संक्षिप्त जानकारी गराएका थिए।