अफगानिस्तानमा भयानक बाढी, ३०० बढीको मृत्यु
|
Getting your Trinity Audio player ready...
|
काठमाडौं । अफगानिस्तानमा भयानक बाढीको आएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार तीन सयभन्दा बढीको मृत्यु भएको छ । समाचार एजेन्सी एपीको रिपोर्टका अनुसार संयुक्त राष्ट्र विश्व खाद्य कार्यक्रमसँग सम्बन्धित अधिकारीहरूले अचानक आएको बाढीमा ३०० भन्दा बढी अफगानिस्तानको मृत्यु भएको बताएका छन्।
बगलानका प्राकृतिक प्रकोप उद्धार प्रमुख हेदायतुल्लाह हमदर्दले बुर्का, नाहरिन र मध्य बाघलानमा बाढी आएको बताए। उनले बाढीपीडितको खोजी अभियान सुरु गरिएको बताए । मृत्यु हुनेको संख्या बढ्न सक्छ। तालिबान स्वास्थ्य मन्त्रालयका प्रवक्ताले उद्धार टोली बाढी प्रभावित क्षेत्रमा पुगेको बताएका छन् ।
घाइतेहरुलाई उपचारका लागि केन्द्रीय अस्पताल लगिएको छ । हाल बाढीका कारण मृत्यु हुनेको संख्या भने खुलाइएको छैन । इस्लामिक इमिरेट्सका प्रवक्ता जबिहुल्लाह मुजाहिदले बाढी पीडितहरूप्रति समवेदना व्यक्त गरेका छन्। उनले रक्षा र गृह मन्त्रालयलाई मानव उद्धारका लागि उपलब्ध सबै स्रोतसाधन प्रयोग गर्न निर्देशन दिइएको बताए ।
यस महिनाको सुरुमा, भारी वर्षाले देशभर बाढी निम्त्याएको थियो, जसको परिणामस्वरूप १४ जनाको ज्यान गएको थियो। गत महिना अफगानिस्तानको हेलमाण्ड प्रान्तमा भारी वर्षाका कारण घरको छाना खस्दा नौ जनाको मृत्यु भएको थियो ।








