ह्यारिसबर्गमा आचार्यको शोक सभा
ह्यारिसबर्ष/ अमेरिकाको पेन्सिल्भेनिया राज्यको राजधानी ह्यारिसबर्गमा सोमवार वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको शोक सभा आयोजना गरिएको छ।
त्रिवेणी साहित्य मञ्चले कार्यक्रम आयोजना गरेको हो। भजन शिरोमणि आचार्यको फेब्रुअरी २६ मा काठमाडौँमा निधन भएको थियो।
ह्यारिसबर्गको डेरी स्टट्रीटमा प्रमुख अतिथि स्थानीय व्यवसायी तथा समाज सेवी दीपक जङ विश्वकर्माले स्वर्गीय आचार्यको तस्बिरमा माल्यार्पण गर्दै कार्यक्रमको सुरुवात गरेका थिए।
मञ्चका अध्यक्ष केशव घिमिरेको सभापतित्वमा भएको कार्यक्रममा स्थानीय गायकहरूले आचार्यको भजन तथा गीत गाएका थिए।
मञ्चका पूर्व अध्यक्ष तथा सल्लाहकार नवीन भट्टराईले सञ्चालन गरेको कार्यक्रममा वरिष्ठ साहित्यकार गण्डकी पुत्रले स्वर्गीय आचार्यको जीवनीका बारेमा प्रस्टाएका थिए।
यस्तै गायक गणेश गुरुङले आचार्यको निधनमा दुख व्यक्त गरे। उनले आफूले आचार्यको भजन र गीतहरू सुनेर हुर्किएको भन्दै ‘बुद्धका आँखा…’ बोलको गीत गाएका थिए। यस्तै अर्का गायक महेश थुलुङ, हिमेश खेसाङ , सरिता सुनुवार, कुन्ती गुरुङ, गोविन्द अधिकारीले पनि गीत गाउँदै आचार्य प्रति शर्द्धान्जली अर्पण गरेका थिए।
यस्तै फुर्वा तामाङ बाँसुरीको धुन सुनाएका थिए। बालकृष्ण न्यौपाने र भजन पातलो अन्तरे भजन गाएका थिए। देवी दाहाल दागाने कविता वाचन गरे ।
मञ्चका उपाध्यक्ष प्रेम घिमिरे शोक मन्तव्य दिएका थिए।
प्रमुख अतिथि विश्वकर्माले शोक मन्तव्य दिँदै आचार्यको निधनमा दुख व्यक्त गरेका थिए।















