अमेरिकी नागरिकता र ग्रिन कार्ड आवेदन शुल्क बढ्यो
पेन्सिल्भेनिया/ अमेरिकी नागरिकता र अध्यागमन सेवा (यूएससीआईएस) ले निश्चित आप्रवासन र नेचुलरलाइजेशनका केही शुल्क समायोजन सोमबार देखि लागु गरेको छ। बढेका केही शुल्क अप्रिल १ तारिखबाट पनि लागु हुने छ। धेरै रोजगारी-आधारित र परिवार-आधारित अध्यागमन शुल्क बढाइएको छ।
परिवारमा आधारित आप्रवासी भिसा याचिकाहरू थप महँगो हुने छ। यस्तै नागरिकता र ग्रिन कार्ड शुल्क पनि वृद्धि भएको छ।
यसले परिवारमा आधारित आप्रवासी भिसा याचिकाहरू थप महँगो भएका छन्। यूएससीआईएसले नयाँ फाइलिङ शुल्क अन्तर्गत, ग्रिन कार्डको लागि निवेदन दिने परिवारका सदस्यहरूलाई थप महँगो हुन्छ। फारम आइ- १२९ एफ फाइल गर्ने शुल्क (विदेशी मंगेतरका लागि याचिका) २६ प्रतिशतले बढेर ६ सय ७५ डलर पुगेको छ।
यो परिवर्तनले अमेरिकी नागरिकहरूलाई के-१ भिसाका लागि मंगेतरको निवेदन दिन एक सय ४० डलर महँगो बनाउँछ। त्यसै गरी, परिवारका सदस्यहरूलाई ग्रिन कार्ड प्राप्त गर्न मद्दत गर्न फारम आइ – १३० (एलियन रिलेटिभको निवेदन) फाइल गर्ने शुल्क पनि २६ प्रतिशतले बढेर ६ सय ७५ डलर पुर्याइएको छ। यसमा अनलाइन फाइल गर्न सक्षम व्यक्तिहरूले ५० डलर बचत गर्न सक्षम हुन सक्छन्।
अमेरिकी नागरिकताका लागि आवेदकहरू शुल्क यूएससीआईएसले बढाएको छ। फारम एन- ४०० (नेचुलरनाइजेशन)को लागी नयाँ आवेदन शुल्क ३५ डलर बढाएर सात सय ६० पुर्याइएको छ।
ग्रिन कार्डका लागि आवश्यक दस्तुर सहित अन्य शुल्क पनि समायोजन भएको युएससीआइसीले जनाएको छ।
युएससीआइसीले गत वर्ष डिसेम्बर २८ तारिकमा नै शुल्क समायोजनको घोषणा गरेको थियो। जुन फेडलर रजिष्ट्ररमा पनि प्रकासित भइसकेको छ। जस अन्तर्गत केही समायोजन सोमवारबाट कार्यान्वयनमा आएको हो। केही शुल्क समायोजन अप्रिल एक तारिखबाट लागु हुने जनाइएको छ।
युएसआइसीले फेब्रुअरी २६ तारिखमा आवेदन भएकाहरूलाई नयाँ शुल्क लागु गर्ने जनाएको छ। उसले पुरानो शुल्क अनुसार प्राप्त फाइलिङलाई अस्वीकार गर्ने र शुल्क फिर्ता गर्ने भनेको छ।
गैर आप्रवासी कामदारको लागि ( फारम आइ-१२९, एच-२बी वा आर-१) निवेदन शुल्क एक सय ८५ डलर बढाएर १६ सय ८५ डलर तोकिएको छ। यस अगाडि १५ डलर रहेको थियो।
यस्तै फारम आइ- १४० विदेशी कामदारका लागि आप्रवासी याचिका रोजगारमा आधारित (इबी) वर्गीकरण शुल्क २५ सयबाट २८ सय पाँच डलर बनाइएको छ।
युएससीआइसीले सन् २०१६ पछि पहिलो पटक शुल्क समायोजन गरेको हो। जस अन्तर्गत प्रायशः सेवाको शुल्क बढेको छ। शुल्क समायोजन सम्वधी सूचना गत जनवरीमा नै जारी गरिएको थियो जुन सोमबारबाट विधिवत् कार्यान्वयन आएको हो।
मानवीय कार्यक्रमहरूको आवश्यक विस्तार, सङ्घीय अनिवार्य तलब वृद्धि, अतिरिक्त कर्मचारी आवश्यकताहरू र अन्य आवश्यक लगानीहरू सहित एजेन्सी सञ्चालनको पूर्ण लागत पुनः प्राप्ति गर्न प्रचलित शुल्क धेरै कम भएको वृद्धि गरिएको युएससीआइसीले जनाइएको छ।
“सात वर्ष भन्दा बढीमा पहिलो पटक, युएसीआइसीले हाम्रो एजेन्सीको आवश्यकताहरू अझ राम्रोसँग पूरा गर्न हाम्रो शुल्कहरू अद्यावधिक गर्दै छ, जसले हामीलाई सेवा गर्नेहरूलाई थप समयमै निर्णयहरू प्रदान गर्न सक्षम बनाउँदै छ,” युएससीआइएसका निर्देशक उर एम. जद्दौले भने। “वर्षको अपर्याप्त कोषको बाबजुद, युएसआइसी कार्यालयले ग्राहक सेवा, ब्याक लग न्यूनीकरण, नयाँ प्रक्रिया र कार्यक्रमहरू लागू गर्न, र हामीले सेवा गर्ने सबैको लागि निष्पक्षता, अखण्डता र सम्मानलाई कायम राख्नमा ठुलो प्रगति गरेको छ।”
मूल्य वृद्धिले सुधारिएको दक्षता उपायहरूको बजेट प्रभावहरूलाई विचार गरेर, एजेन्सीको आवश्यक वार्षिक लागत रिकभरीलाई सात सय २७ मिलियन अमेरिकी डलर घटाउँने बताइको छ।
युएसआइसीले विशेष आप्रवासी किशोर र मानव बेचबिखन, अपराध र घरेलु हिंसाका पीडितहरूका लागि शुल्क छुट हुने जनाएको छ। यस्तै अमेरिकी सैन्य सेवा सदस्यहरूले पनि छुट पाउने छन्।
गैर नाफामुखी संस्था र साना व्यवसाय नियोक्ताहरूको लागि विशेष शुल्क छुट प्रदान हुने जनाइएको छ।