पेन्सिल्भेनियाको ल्यानक्यास्टरमा ‘एभरेष्ट वर्ड क्लास तेक्वान्दो’ स्कुल खुल्दै

Getting your Trinity Audio player ready...
|
ल्यानक्यास्टर /अमेरिकाको पेन्सिल्भेनियाको ल्यानक्यास्टरमा एभरेष्ट वर्ड क्लास तेक्वान्दो स्कुल खुल्ने भएको छ।
कोलम्बिया एभिन्युमा (3035 Columbia Avenue, Lancaster, PA 17603) खुल्ने स्कुलमा मार्च एक तारिख कक्षा सञ्चालन हुने व्यवस्थापकको भनाई छ।
‘हामीले प्री ओपनिङ र ग्राण्ड ओपनिङ गर्दै छौ, प्री ओपनिङ मार्च एक तारिख देखि हुन्छ’ स्कुलका व्यवस्थापक सानु सुवेदीले समाज टाइम्स सँग भने।
सुवेदीका अनुसार प्रि-ओपनिङमा विशेष अफर राखिएको छ। ‘सुरुवाती तीस जनालाई हामीले भर्ना र पोसाक निःशुल्क गरेका छौँ।’ उनले भने,’यस्तै दुई हप्ताको कक्षाको मात्र २९ डलर फि तोकेका छौ।’
स्कुलमा विश्व मास्टर्स कुमार कार्की, कल्पना कार्की, सञ्जीव नेपाली र ममता सुवेदीले प्रशिक्षण दिने छन्। मास्टर्स कार्कीले एक दशक देखि मेरिल्यान्डको बाल्टिमोरमा एभरेष्ट वर्ड क्लास तेक्वान्दो स्कुल सञ्चालन गर्दै आएका छन्।
कार्की नेपालका अन्तर्राष्ट्रिय तेक्वान्दो खेलाडी हुन्। नेपाल अन्तर्राष्ट्रिय खेलाडी संघका संस्थापक महासचिव कार्की तेक्वान्दोका प्रशिक्षक, अन्तर्राष्ट्रिय प्रशिक्षक हुन्।
‘त्यसैको शाखाको रूपमा हामीले सञ्चालन गर्न लागेका हौ, हाम्रो पूर्ण सहयोग रहन्छ तर ल्यानक्यास्टरमा स्थायी रूपमा सञ्जीव र ममताले प्रशिक्षण दिनु हुन्छ, हामीले पनि समय दिन्छौ।’ समाज टाइम्स सँग मास्टर कुमार कार्कीले भने।
कार्कीले सबै उमेर समूहका लागि आफूहरूले स्वागत गर्ने बताए। ‘यही उमेरका लागि भन्ने छैन, हामी साना बालबालिका देखि भेट्रान्सहरुका लागि कक्षा सञ्चालन गर्छौ।’ उनले भने।
‘शारीरिक तन्दुरुस्ती, अनुशासन,आत्मविश्वास, आत्मरक्षा, एकले अर्कोलाई सम्मान गर्ने चरित्र विकास, नेतृत्व विकासमा हाम्रो जोड रहन्छ।’ कार्कीले भने।
उनले उमेर अनुसार फरक फरक कक्षाको व्यवस्था गरिने पनि बताए।