दयारानीका कारण अमेरिका र अष्ट्रेलियाका बक्स अफिस तात्यो, झन्डै चार सय शो!

पेन्सिल्भेनिया/ नयाँ नेपाली चलचित्र दयारानीको रिलिजलाई लिएर अमेरिका र अष्ट्रेलियाको बक्स अफिस तताएको छ।
दायरानी अमेरिका र नेपालमा एकै दिन फ्रेबुअरी नौ तारिख रिलिज हुने छ। यस्तै अष्ट्रेलियमा एक दिन अगाडि बाटै रिलिज हुने गरी कार्यक्रम तय भएको छ।
अमेरिका र अष्ट्रेलिया दुई देशमा झन्डै चार सय शो फाइनल भइसकेको चलचित्रको विदेशी वितरक सेभेन सिज इन्टरटेनमेन्टले जनाएको छ।
‘ती देशमा हिन्दी र अङ्ग्रेजी भाषाका ठुला चलचित्र रिलिज हुँदाहुँदै पनि यति धेरै शो देखेर उत्साहित छौ।’ इन्टरटेनमेन्टको विज्ञप्तिमा उल्लेख छ।
अमेरिकामा पूर्व क्षेत्र न्यु योर्क पश्चिमसम्म हवाई सम्मका २३ थिएटरहरूमा एक सय ९७ शोहरू तय भएका छन्। त्यसै गरी अष्ट्रेलियामा एक सय ८० शो हुने छन्।
अमेरिकामा चलचित्र डलास, न्यु योर्क, ओहायो, क्यालिफोर्निया, सिकागो लगायत अमेरिकाका प्रमुख सहरमा रिलिज हुनेछ भने अष्ट्रेलियाका सघन नेपाली जनसङ्ख्या भएका सबै प्रमुख सहरमा चलचित्र रिलिज हुनेछ ।
सेभेन सीज इन्टरटेनमेन्टका अनुसार यो फिल्म मध्यपूर्वमा फेब्रुअरी १५ मा रिलिज हुनेछ भने बेलायत र युरोपमा फेब्रुअरी १६ बाट रिलिज हुनेछ। सेभेन सीज इन्टरटेनमेन्टले ग्लोबल सिनेमाको बक्स अफिसमा नेपाली चलचित्रहरू प्रदर्शन गर्दै आएको छ।
चलचित्र नेपालका शीर्ष निर्माता बाँसुरी फिल्म्स र एमजीएफ फिल्म्सको ब्यानरमा बनेको हो । यो चलचित्र निःसन्तान हुँदा सामाजिक कलङ्क र पारिवारिक दबाबको सामना गर्ने महिलाको कथामा आधारित छ । चलचित्रले नेपाली संस्कृति र समाजको यथार्थपरक चित्रणका साथै कलाकारहरूको अभिनयको प्रशंसा गर्ने समीक्षक र दर्शकहरूबाट सकारात्मक प्रतिक्रिया पाएको छ ।
‘दयारानी’ वर्षौँसम्म सन्तानविहीन विवाह गरेकी महिलाको कथा हो । परिवारको दबाबमा, उनी आफ्नो पतिले पारिवारिक विरासतलाई निरन्तरता दिन फेरि विवाह गर्न राजी गर्छिन्, तर श्रीमानले त्यसो गर्न अस्वीकार गर्छन्। चलचित्रले प्रेम, बलिदान र परम्पराको भावनात्मक यात्रालाई सरल ढङ्गले देखाएको छ।
सुपरस्टार दयाहाङ राईको नेतृत्वमा बनेको चलचित्रमा दीया पुनसँगै विजय बराल, पुस्कर गुरुङ, बुद्धि तामाङ लगायतका कलाकारको अभिनय रहेको छ।
राम बाबु गुरुङद्वारा निर्देशित चलचित्र दयारानी चलचित्र हेर्नको लागि अनलाइन टिकट खरिद गर्न यो क्लिक गर्नु होला।