हामीहरुमाथि चौतर्फी आक्रमण भयो : अध्यक्ष लिङ्देन
|
ऑडियो
Getting your Trinity Audio player ready...
|
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले फरक विचार र सिद्धान्त वोकेकै कारण आफूमाथि चौतर्फी आक्रमण भएको बताएका छन् ।
मंगलबार विश्व हिन्दु महासंघ नेपाल राष्ट्रिय समिति वाँसबारीका पूर्वसभापति स्वर्गीय नीलप्रसाद भण्डारीको चौथो वार्षिक स्मृति दिवसको अवसरमा काठमाडौंमा आयोजित ‘राष्ट्रियता र धार्मिक सहकार्यका लागि भावि मार्गचित्र’कार्यक्रममा बोल्दै अध्यक्ष लिङ्देनले फरक बिचार र सिद्धान्तकै कारण सरकारले समेत आफ्नो पिछा गरेको बताए ।
उनले भने,‘मलाई कुनै अभियोग छैन् । मैंले समाजको कुनैपनि एक जनाजाई पीडा पुर्याएको भन्ने अभियोग छैन् । मैंले एक रुपैयाँ कहींबाट लिएको भन्ने अभियोग पनि छैन् । केवल आस्थाको आधारमा, फरक बिचार भएको आधारमा हजारौं मान्छे एकैसाथ आक्रमणमा उत्रिए । यसमा सरकार समेत संलग्न छ ।’ आफू दुई पटक कालको मुखबाट फर्किएर आएको बताउँदै उनले नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीको भोगाई समेत आफूलाई थाहा भएको प्रतिक्रिया दिए ।











