यू १९ विश्वकप क्रिकेटको पहिलो खेलमा अमेरिका पराजित
काठमाडौं । आइसीसी यू १९ विश्वकप क्रिकेटमा आयरल्याण्डले विजयी सुरुआत गरेको छ । दक्षिण अफ्रिकामा आजदेखि सुरु भएको क्रिकेटमा आयरल्याण्डले अमेरिकालाई ७ विकेटले पराजित गरेको हो । अमेरिकाले दिएको १०६ रनको सामान्य लक्ष्य आयरल्याण्डले २२.५ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको हो ।
पहिला ब्याटिङ गरेको अमेरिकाले ४०.२ ओभरमा सवै विकेट गुमाएर जम्मा १०५ रन बनायो । अमेरिकाका लागि खुस भालाले सर्वाधिक नटआउट २२ रन बनाउँदा पर्थ पटेलले १३ रन बनाए । यसैगरी आमोग एरपलीले ११ रन बनाएका थिए ।
अन्य खेलाडीले दोहोरो अंकमा रन बनाएनन् । अतिरिक्त १९ रन पाएको थियो । आयरल्याण्डका रुवेन विल्सन र ओलिभर रेलेले तीन तीन विकेट लिँदा जोन म्याकनेलीले २ विकेट लिए ।

१०६ रनको लक्ष्य पछ्याएको आयरल्याण्डलाई जिताउन रेयन हन्टरले ५० रनको नटआउट अर्धशतकीय पारि खेल्दा फिलिपस ले रुक्सले २३ रनको नटआउट पारि खेले । यसैग्री किन हिल्टन २३ रनमा आउट भएका थिए ।
अमेरिकाका आर्य गर्गले २ विकेट लिए । जितसँगै समूह एमा आयरल्याण्डले २ अंक बनाएको छ ।














