त्रिशूली नदीमा बिहानै ‘गाडी खस्यो,खोजी हुँदै
काठमाडौँ । नारायणगढ-मुग्लिन सडक खण्डमा मङ्गलवार बिहान सबेरै गाडी त्रिशूली नदीमा खसेको सूचना आए पछि प्रहरीले खोजी तीव्र बनाएको जनाएको छ।
चितवनको इच्छा कामना गाउँपालिका- ५ को तीन नम्बर पुल नजिकबाट त्रिशूली नदीमा ‘गाडी खसेको’ सूचना पाएको प्रहरीले गोताखोरको टोली परिचालन गरेको छ।
स्थानीयकाले बिहान सवा चार बजेतिर त्रिशूली नदीमा गाडी खसेको खबर प्रहरीलाई गरेका थिए।
घटनाको थप विवरण आउन बाँकी छ।
फाइल फोटो

















