गठबन्धनका उम्मेदवारलाई जिताउने एकीकृत समाजवादीको निर्णय
काठाडौं । एकीकृत समाजवादीले आसन्न राष्ट्रिय सभा चुनावमा सत्तारुढ गठबन्धनमा आवद्ध उम्मेदवारहरुलाई जिताउनका लागि सम्पूर्ण पार्टी पंक्ति परिचालित हुने निर्णय गरेको छ ।
केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालयको बैठकले २ वटा निर्णय गरेको हो । पहिलो निर्णयको रुपमा राष्ट्रिय सभा निर्वाचनमा सत्तारुढ गठवन्धन दलका उम्मेदवारलाई जिताउनका लागि पार्टी पंक्ति परिचालित हुने उल्लेख छ ।
त्यसैगरी पार्टीको विधान संशोधनबारे पनि छलफल गरेको छ । बैठकले पार्टीको विधान संशोधनबारे सुझाव संकलनका लागि मस्यौदा प्रदेश, जिल्ला कमिटीमा पठाउने र त्यहाँबाट आएका सुझावका आधारमा अन्तिम रुप दिइने निर्णय भएको उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।











