भारतीय बिदेश मन्त्रालयका प्रवक्ता फेरिए
काठमाडौं । भाररतीय विदेश मंत्रालयको प्रवक्ता परिवर्तन भएका छन् ।
भारतीय बिदेश मन्त्रीको नेपाल भ्रमण अघि प्रवक्ता परिवर्तन भएको हो ।
जसअनुसार रवीन्द्र जायसवाल, १९९८ ब्याचका आईएफएस जायसवाल आज देखि भारतीय विदेश मंत्रालयका आधिकारिक प्रवक्ता नियुक्त भएका हुन् ।
यस अघि अरिंदम बागचीलाई जेनेवा स्थित संयुक्त राष्ट्रमा भारतका स्थाई प्रतिनिधि नियुक्त गरिए पछि जायसवाललाई प्रवक्तामा ल्याइएको हो ।














