फैसला कार्यान्वयनका लागि निर्देशनालयले पहल गर्छः रेग्मी

काठमाडौं । सर्वोच्च अदालत, फैसला कार्यान्वयन निर्देशनालयका निर्देशक एवं प्रवक्ता सरोजराज रेग्मीले फैसला कार्यान्वयन नभएर अड्किएको विषय भए कार्यान्वयनमा ध्यान दिने बताएका छन् ।
आज काठमाडौंमा आयोजित नागरिकता तथा व्यक्तिगत घटना दर्ताका मुद्दाहरुमा फैसला कार्यान्वयनको अवस्था विषयक सरोकारवालाहरुसँग छलफल कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
कुनै फैसला कार्यान्वयन नभएर अड्किरहेको भए, कुनै स्थानमा अवरोध आएको अवस्थामा यसको सूचना आए निर्देशनालयले त्यसलाई जानकारीमा राखेर कार्यान्वयन गर्नका लागि पहल गर्ने उनले बताए ।
केन्द्रीकृत विवरण आवश्यक भएको खण्डमा त्यसको अभिलेख राख्ने एउटा केन्द्र निर्देशनालय भएको उनले उल्लेख गरे । ‘फैसला कार्यान्वयन निर्देशनालय भनेको शुद्धिकरण गर्ने