इजरायलमा मृत्यु भएका परिवारलाई १० लाख, मंगलबार राष्ट्रिय शोकको घोषणा

Getting your Trinity Audio player ready...
|
काठमाडौं । इजरायलमा मृत्यु भएका नेपालीहरूको शोकमा सरकारले मंगलबार राष्ट्रिय शोकको घोषणा गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले राष्ट्रिय शोकको घोषणा गरेकाे बताउँदै सरकारी तथा विदेशमा रहेका कुटनीतिक नियोगमा आधा झण्डा झुकाउने निर्णय भएको जानकारी सरकारकी प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।
राष्ट्रिय शोक घोषणा गरिकए पनि सार्वजनिक विदा भने दिइएको छैन ।
बैठकले हमासको आक्रमणमा परी ज्यान गुमाएकाको परिवारलाई १०-१० लाख राहत दिने निर्णय गरेको पनि मन्त्री शर्माले बताइन् । उनका अनुसार सरकारले इजरायलमा द्वन्द्वग्रस्त ठाउँमा रहेका नेपाल फर्किन चाहने नेपालीलाई यथाशीघ्र ल्याउन काम गर्ने निर्णय गरेको छ । यसैगरी अहिले सर्वदलीय बैठक पनि बस्दै छ ।