तीन वर्षमा ललितपुर देशकै उज्यालो सहर बन्ने मेयर महर्जनको दाबी
ललितपुर । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले, ललितपुरलाई देशकै उज्यालो सहरको रूपमा विकास गर्ने दाबी गरेका छन् ।
शुक्रवार ललितपुरमा नेपाल ईन्जिनियर्स सङ्घले आयोजना गरेको अन्तर्क्रियामा उनले ललितपुर लाई उज्यालो बनाउने कार्यमा निरन्तर लागिरहेको भन्दै अबको तीन वर्षपछि ललितपुर देशकै सबैभन्दा उज्यालो सहर बन्ने दाबी गरेका हुन् ।
उनले भने, ‘ललितपुरलाई उज्यालो बनाउने कामलाई निरन्तरता दिइएको छ । दुई तिन वर्ष पछि जो कोही रात्रि कालिन अवस्थामा प्लेनमा चढेर काठमाडौँ छिरेर तल हेर्दा जुन सहर उज्यालो देखिन्छ त्यो ललितपुर हुनेछ । ’
उनले ललितपुर महानगर पालिकामा इलेकट्रोनिक इन्जिनियर, आइटी अफिस देखी लिएर अहिलेको आवश्यकता अनुसारको म्यानपावर व्यवस्था गर्ने बताए । उनले भने,‘ललितपुर महानगर पालिकामा इलेकट्रोनिक इन्जिनियर, आइटी अफिस देखी लिएर अहिलेको आवश्यकता अनुसारको म्यानपावर व्यवस्था गर्न गइरहेका छौँ ।’














