कोसी प्रदेशमा एमालेले ५० सिट ल्याएर सरकार चलाउँछ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोसी प्रदेशमा एमालेको सरकार बन्ने दाबी गरेका छन् ।
शुक्रवार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग ओलीले कोसी प्रदेशको अबको निकास के भन्ने प्रश्नमा एमालेले ५० भन्दा माथि सिट ल्याएर सरकार चलाउँछ भन्दै जवाफ दिएको छन् ।
उनले भने, ‘एमालेको सरकार बन्छ । एमालेको सरकार चल्छ । एमालेको सरकार बन्छ एमालेको सरकार बन्छ मजाले चलाउँछ एमालेको ४७ होइन ५० भन्दा माथि जान्छ ।’
अध्यक्ष ओलीले सत्ता गठबन्धनको अलोकतान्त्रिक र असंवैधानिक क्रियाकलापका कारणले कोसीमा अस्थिरता आएको आरोप लगाए ।
उनले भने ‘ गठबन्धनको अलोकतान्त्रिक र असंवैधानिक क्रियाकलापका कारणले यो अस्थिरता आएको हो, पक्षले नबनेको सरकार बनाए भन्ने, सभामुखलाई राजीनामा गरेर सङ्कट खडा गर्न लगाउने, काँग्रेस जस्तो पुरानो पार्टीले एक छिनका लागि बलजफती गरेर संविधान मिच्ने ? संविधानको घोर उल्लङ्घन हो यो ।’
अध्यक्ष ओलीले हिजो हतियार उठाएर हिँडेको माओवादीले संविधान नमान्नु ठुलो कुरा नभएको टिप्पणी गरे ।