प्रचण्ड र माधवले जनतालाई जुधाउने काम गरे

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्त्री पुष्प कमल दाहाल प्रचण्ड र पूर्व प्रधानमन्त्री माधव नेपालले जनता जुधाएर ताली बजाउँन खोजेको आरोप लगाएका छन् ।
नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठनको सम्मेलनमा उनले, प्रचण्ड र माधवले जनजातीको नाममा हिंसा भड्काउँन भूमिका खेलेको टिप्पणी गरे ।
उनले भने, ‘अबको नेपाल शान्तिपूर्ण बनाउँने हो । अहिले पूर्वाञ्चलमा विरोध गर्ने माओवादी र माधव नेपालका कार्यकर्ताहरु छन् ।
उफ्रिने किरात राई उफार्ने पुष्पकमल दहाल, माधव कुमार नेपाल नै हुन् । प्रचण्ड र माधव नेपालहरुले नेपाली जनताहरुलाई गोरु जुधाए जसरी जुधाएर ताली बजाउँन खोजी रहेका छन् । त्यो काम गर्न हुदैँन् नेपाली जनता लड्नु हुदैँन् । सत्तामा बस्नेहरुले यसलाई सानो विषय मानेका छन् त यसमा सचेत हुनु आवश्यक छ ।’
उनले मानव समाज स्वच्छ रुपमा निमार्ण गर्न चहान्छौ तर राजनीतिक अस्थिरता, वेइमानी, आफ्नो स्वार्थको लागि सांस्कृतिक विद्रोह भड्काउँने कामले देश विकासमा बाधा आएको बताए ।
यस्तै, नेपालमा साम्प्रदायक विद्रोह भड्काउँन खासगरी माओवादीले आफ्नो जनयुद्धलाई अगाडि बढाउँनका लागि हरेक जात, धर्म, क्षेत्र, पेशालाई उचालेर पहिचानको लडाईको नाममा जातीलाई भिडाएको पनि उनको आरोप छ ।
नेपालमा राम्रो संस्कार, सुशासनको अवस्था हुने हो भने १० वर्षमा गरिबी निवारणको अवस्थामा पुग्न सकिने भएपनि हाल देशमा भ्रष्टाचार, तस्करी र कुसाशनले समाजलाई विकृत बनाइ रहेको उनको टिप्पणी छ ।