नेकपा एस कम्युनिष्ट आन्दोलनको विकल्पको रुपमा उदाउँदै छ : खतिवडा

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको पोलिटब्युरो बैठकले, आफ्नो पार्टी कम्युनिष्ट आन्दोलनकै विकल्प बन्दै गएको ठहर गरेको छ ।
काठमाण्डौंमा आईतबार र सोमबार बसेको पोलिटब्युरो बैठकको निर्णय सार्वजनिक गर्दै सो पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले, बैठकमा पार्टी बलियो बन्दै गएको दाबी गरेका हुन् ।
उनले भने ‘हाम्रो पार्टी नै कम्युनिष्ट आन्दोलनको विकल्पको रुपमा प्रस्तुत भएको उत्तम विकल्प हो । सम्पूर्ण कम्युनिष्ट विचार र पार्टीहरुलाई एकतावद्ध गरेर अगाडि बढ्ने क्षमता राख्द छ । त्यसकारण यो कोणबाट हाम्रो पार्टी सबल रुपमा देखा पर्नुपर्छ भन्ने कुरा छ ।’
उनले हिजो र आज गरेर अध्यक्षसहित अन्य नेताहरु गरेर ४८ जना पोलिटब्यूरो सदस्यहरुले आफ्नो भनाई राखेको जानकारी दिए ।
‘अध्यक्षले पार्टीले अबको दिनमा पार्टीका कामको अनुगमन गर्ने कुरालाई उच्च प्राथमिकतामा राखेर अगाडि बढ्नु पर्ने भन्ने कुरालाई जोड दिनु भएको छ । साथै हामीले विद्रोह नगरेको भए यो देशको संविधान, संघीयता र संसद सबै तत्कालीन सत्तावादको नेतृत्व गरेका केपी ओलीले समाप्त गसिरसक्ने र हाम्रो कार्यकतामाथि चरम दमन र अत्याचार गर्नुहुन्थ्यो भन्ने कुरालाई पनि जानकारी गराएको छ । ’ उनले भने ‘पार्टीले गरेको विद्रोह राम्रो थियो । नेपालको हितका लागि लड्ने प्रतिवद्धतालाई केन्द्रीय कमिटिको बैठकमा धेरै प्रस्तावसहिद अगाडि बढाउने छौ । पार्टी एकतावद्ध भएर अगाडि बढ्ने छ ।’