स्व. प्रदीप गिरिको अस्तु विर्सजन यात्रा काशी प्रस्थान

Getting your Trinity Audio player ready...
|
काठमाडौं । नेपाली काँंग्रेसका नेता एवं चिन्तक स्वर्गीय प्रदीप गिरिको अस्तु काशीस्थित गंगा नदीमा विसर्जन गर्नका लागि अस्तु विसर्जन यात्रा सुरु भएको छ।
शनिबार काठमाडौं स्थित पशुपतिनाथ परिसरमा आयोजित एक कार्यक्रममा नेपाली कांँग्रेसका केन्द्रीय सदस्य विमलेन्द्र निधिले स्व. गिरिको अस्तु ‘प्रदीप गिरि पावन स्मृति आयोजक समिति’का पदाधिकारीलाई हस्तान्तरण गरे । गिरिको स्मृति दिवसका अवसर पारेर शनिबार पशुपतिनाथ परिसरमा आयोजित ‘लोक एवं लोकतन्त्र सेतु गाथा’ विषयक श्रद्धाञ्जली अर्पण कार्यक्रमका वक्ताहरुले प्रदीप गिरिको बारेमा आ–आफ्नो धारणा राखेका थिए ।
कार्यक्रममा नेपाली काङ्ग्रेसका पूर्व उपसभापति निधिले, प्रदिप गिरि आफ्नो विचार र सिद्धान्तमा कहिले सम्झौता नगर्ने व्यक्तित्व रहेको स्मरण गरे । उनले गिरि आफ्नो विचारमा सम्झौता नगर्ने व्यक्तित्व भएको भन्दै एउटा परिभाषा र साँचामा ढाल्न नमिल्ने अद्भूत पात्र भएको बताए ।
उनले भने, ‘उहाँ आफ्नो विमतिबाट कहिले सम्झौता गर्नुभएन्, मैले चाँहि कहिले काँही सम्झौता गरे मेरो र उहाँको फरक यही हो । उहाँलाई एउटा परिभाषा र साँचामा ढाल्न नमिल्ने अद्भूत पात्र हुनुहुन्थ्यो ।’
उनले गिरि जातिय, भाषिक, वर्ग र आर्थिक सबै किसिमको विभेदको विरोधी हुनुको साथै समाजवादी, कल्याणकारी, लोकतन्त्रवादी र स्वतन्त्रतावादीको पक्षधर भएको बताए ।
यस्तै उक्त कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता मिन बहादुर विश्वकर्माले गिरिको विचार र धारणाले सामाजिक रुपान्तरण गर्न सक्ने बताए ।
उनले भने, ‘प्रदिप अभियान्ता, नेता र विचारक हो, सामाजिक रुपान्तरणको मुद्दामा यति निडर ढङ्गले आफ्नो धारणाहरु प्रस्तुत गर्नु हुन्छ । जसले समाजमा हलचल हुन्छ, परिवर्तन गर्न सक्छ । नेपाली काङ्ग्रेस फ्टुदै गर्दा पदमजमकको धारणा प्रदिप गीरिको नै हो । उहाँले कै सिद्धान्त दर्शन नै पदमजमक हो जसलाई पछि नेपाली काङ्ग्रेसले पार्टी एकता हुदाँ मूल विचारको रुपमा आयो ।’
त्यस्तै माओवादी नेता राम कार्कीले, तत्कालीन समयमा माओवादी र अन्य राजनीतिक पार्टीलाई विचारका माध्यमबाट नजिक ल्याउन गिरिले भूमिका खेलेको बताउँदै उनको विचारमा युवा पुस्तालाई जोड्न शक्ति रहेको दाबी गरे । तर अहिलेका पार्टी र युवाहरुले उनको विचारलाई बुझ्न नसकेको उनको दाबी छ।
‘हाम्रो हुकुम चलेन । चितवन र काठमाडौंमै पार्टीहरुले गर्ने जो फर्मान हो चलेन । अब पार्टीको आदेशको उल्लंघनको अन्त पनि हुन थाल्छ ।त्यसैले वास्तविक अर्थमा नयाँ युवा पिँढीलाई विचारहरुसँग जोड्न र आफ्ना चुनौतीहरुको सामना गर्न सक्ने गरि सक्षम बनाउँनको निम्ति प्रदीप गिरिको सान्दर्भिकता छ ।’
काँग्रेस नेता निधिले अस्तु हस्तान्तरण गरेपछि ‘प्रदीप गिरि पावन स्मृति आयोजक समिति’का पदाधिकारी तथा सदस्यहरु शनिबार नै भारतको वाराणसी प्रस्थान गरेका छन् । नेतृत्वमा ३५ जनाको टोली अस्तु विसर्जन यात्रामा सहभागी भएर वाराणसी प्रस्थान गरेको रथयात्राका संयोजक नेपाली कांग्रेसका युवा नेता कंचन झाले जानकारी दिए ।
अस्तु विसर्जन यात्रा शनिबार हेटौँडा पुगेर विश्राम गर्नेछ । आइतबार वीरगञ्जमा बिहान गिरिका अनुयायीको उपस्थितिमा श्रद्धाञ्जलि सभा गरिने भएको छ । आइतबार राति नै टोली बनारस पुगेर गङ्गा नदीको मणिकर्णिका घाटमा विधिअनुसार स्व गिरिको अस्तु विसर्जन गर्ने कार्यक्रम रहेको छ । पशुपतिनाथ–काशी यात्राको यो टोलीले भारतमा बिभिन्न कार्यक्रमहरु पनि गर्ने तय भएको छ ।