कांग्रेस बैठक बस्दै, के आउला त निर्णय?
काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस संसदीय दलको शुक्रबार देखि जारी बैठक आज पनि बस्दैछ ।
बिहान १० बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठकले संसदको जारी अवरोधका विषयमा कांग्रेसले स्पष्ट धारणा बनाउने छ । आइतबारसम्म ५४ सांसदहरुले आ–आफनो धारणा राखिसकेकाले बाँकी सांसदहरुले धारणा राख्ने क्रम सकिए आजै कांग्रेस संसदीय दलले पार्टीको धारणा बाहिर ल्याउने छ ।
यद्यपी जारी बैठकमा कांग्रेसका संस्थापन पक्ष सुन तस्करीको छानविन गर्न विपक्ष एमालेले भने जस्तो उच्चस्तरीय छानविन समिति गठनको विपक्षमा छ । तर, संस्थापन इतरका नेताहरु उच्चस्तरीय छानविन समित गठनको पक्षमा उभिएका छन् ।











