आवेगलाई नियन्त्रण गरेर विवेक प्रयोग गर्ने हो भने संसद भोलि नै चल्छ : महामन्त्री शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले नेपाली राजनीतिमा विवेकभन्दा आवेग हावि भएकोले समस्या भएको बताएका तर्क गरेका छन् ।
काठमाडौंमा नेपाली कलासाहित्य डटकम प्रतिष्ठानद्वारा आयोजित महाकवि विद्यापतिकृत कथासङ्ग्रह पुरुष -परीक्षा पुस्तक सार्वजनिक कार्यक्रममा महामन्त्री विश्व प्रकाश शर्माले, नेपाली राजनीतिमा विकेक भन्दा आवेग हावि भएको तर्क गरे ।
आवेग कम गरेर विवेक प्रयोग गर्ने हो भने भोलिदेखि नै संसद चल्ने उनको भनाई छ । ‘विवेकलाई भन्दा आवेगलाई अलि बढि प्राथमिकता दिएका छौँ । ’ उनले भने ‘ राजनीतिको मंचमा पनि विवेकलाई अलिकति केन्द्रमा राखेर आवेगलाई अलिकति निषेधित गर्दिने हो भने यो देशको संसद भोली नै सुरु हुन सक्छ । संसद सुचारी हुन्छ । संसदमा हामी हामी राम्रोसंग बहस गर्न सक्र्छौ । ’
नेपालीहरुमा आफूलाई चाहीएको छ तर गरिदिउन अरुले भन्ने चाहानाले समस्या बढेको बताएका छन् ।