सांसद जितेन्द्र देवको एमालेलाई प्रश्न : सदन अवरुद्ध गर्नुको राज के हो ?

काठमाडौं । नेपाली कांग्रेसका सांसद जितेन्द्र नारायण देवले सदन अवरुद्ध गर्नुको राज के हो भन्दै प्रतिपक्षी दल नेकपा एमालेलाई प्रश्न गरेका छन् ।
शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकमा सांसद देवले लामो समयदेखि देशको संसद अवरुद्ध हुनु अत्यन्त चिन्ताको विषय भएको बताए ।
उनले भने ‘ के को लागि अवरुद्ध छ ? अवरुद्ध गर्ने दल र साथीहरुलाई म प्रश्न गर्न चाहन्छु आज मिडियाहरु पल्टाएर हेर्नुस,वुद्धिजीवीहरुको कुरा सुन्नुस ,अन्य दलहरुको कुरा सुन्नुस तपाईहरु दिन प्रतिदिन अवरुद्ध गर्ने मामलामा खिईदै जानु भएको छ ।,एकल हुन्दै जानु भएको छ । के को लागि यो हुदै छ ? के राज छ ? के रहस्य छ ?
यदि सदन अवरुद्ध ,विघटन र निस्क्रिय हुन्छ भने ‘डेमोक्रेसी स्लिप’ हुने दिशामा जाने उनको भनाइ छ ।