कोशीमा आज सार्वजनिक विदा
काठमाडौं । कोशी प्रदेश सरकारले विश्व आदिवासी तथा जनजाति दिवसका अवसरमा आज सार्वजनिक बिदा दिएको छ ।
कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता अर्जुन निरौलाले आदिवासी तथा जनजातिहरू सम्मानमा प्रदेश सरकारले बिदा दिने निर्णय गरेको जनाएका हुन् ।
कोशी प्रदेश सरकारको वार्षिक क्यालन्डरमा नै प्रदेशभरी यो दिवसका दिन बिदा दिने तय गरिएको छ । कोशीमा आदीवासी तथा जनजाती समुदायको बसोबास अन्य प्रदेशको तुलनामा धेरै छ ।
‘आदिवासी युवाहरु आत्म– निर्णयका लागि परिवर्तनका एजेन्टहरु’भन्ने नारासहित आज अर्थात् अगष्ट ९मा अन्तर्राष्ट्रिय रुपमा आदिवासी जनजाति दिवस मनाईन्छ ।

















