कांग्रेस थप लोकतान्त्रिक र पारदर्शी बन्न जरुरी छ : पूर्व परराष्ट्र मन्त्री खड्का
काठमाडौं । नेपाली काङ्ग्रेसका नेता एवं पूर्व परराष्ट्र मन्त्री नारायण खड्काले, कांग्रेस थप लोकतान्त्रिक र पारदर्शी बन्न जरुरी रहेको बताएका छन् ।
केन्द्रीय समिति बैठकपछि पत्रकारसंग कुरा गर्दै उहाँले, पार्टीका मूल्य मान्यतालाई आत्मसाथ गर्दै थप लोकतान्त्रिक र पारदर्शी बन्नु आजको आवश्यकता भएको बताए ।
उनले भने ‘परिवर्तन र निरन्तरता पार्टीका जीवन हुन्, त्यसकारणले परिवर्तनलाई निरन्तरता दिनु पर्छ । पार्टीको मूल्य मान्यतालाई निरन्तरता दिने र समयसाथ आएको परिर्वतनलाई आत्मसाथ गर्दै पार्टीलाई अझ बढि लोकतान्त्रिक, पारदर्शि र जवाफदेही बनाएर जानुपर्छ । ’
यो केन्द्रीय कार्यसमिति बैठकपछि कांग्रेस थप परिष्कृत हुने उनको विश्वास छ ।














