मिटरव्याजविरूद्धको कानुन पारित गराउन संसद् भवन घेराउ

काठमाडौँ । मिटरव्याजविरूद्धको सङ्घर्ष समिति नेपालले कानुन पारित गराउन माग गर्दै सङ्घीय संसद् भवन घेराउ गरेको छ ।
सङ्घर्ष समितिमा आबद्धहरूले आइतबार काठमाडौँको बानेश्वरस्थित सङ्घीय संसद् भवन अगाडि मिटरव्याजविरूद्ध कानुन छिटो बनाउन माग गर्दै दबाब दिएका हुन् ।
उक्त विरोध कार्यक्रममा बोल्दै मिटरव्याजविरूद्धको सङ्घर्ष समिति नेपालका संयोजक मनोज कुमार पासवानले एमालेले गर्दा यस्तो समस्या भोग्नु आरोप लगाए ।
‘यो जनताको लागि पक्कै हो भने यो पारित हुनुपर्छ । यो पारित भएन भने हामी बुझछौं की, एमाले हाम्रो विपक्षमा खडा भएको छ ।’ उनले भने ।
सरकारले मिटरव्याजविरूद्ध अध्यादेश ल्याए पनि संसद्को दुवै सदनबाट प्रतिस्थापन विधेयक ६० दिनभित्र पारित नहुँदा निष्क्रिय भएको थियो ।