नेपालको राजनीति अराजकताको दुष्चक्रबाट गुज्रिरहेको छ : महासचिव पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले नेपाली राजनीतिमा अन्यौलता सिर्जना भएको बताएका छन् ।
शनिवार नेकपा (एमाले) रामेछाप – काठमाडौँ सम्पर्क मञ्चद्वारा आयोजित अभिमुखीकरण कार्यक्रममा नेता पोखरेलले नेपालको राजनीतिमा अस्थिरता चुनौतीको रूपमा रहेको बताएका छन् ।
‘नेपाली राजनीतिमा अन्यौलताको स्थिति सिर्जना भएको छ । पहिलो चुनौतीको रूपमा हाम्रो समाज हाम्रो राजनीति र हाम्रो राज्य व्यवस्था ,राजनीतिक अस्थिरता र सामाजिक अराजकताको दुष्चक्रबाट गुज्रिरहेको छ।
महासचिव खनालले बहुदलीय व्यवस्थाको ३३ ÷ ३४ वर्षमा नेपालले २८ भन्दा बढी प्रधानमन्त्रीहरू व्यहोरिसकेको तर एउटा प्रधानमन्त्रीले औसतमा सवा वर्ष पनि काम गर्ने मौका नपाएको बताएका छन् ।
राष्ट्र निमार्णका लागि राजनीतिक स्थायित्व बलियो नेतृत्वको आवश्यक रहेको उनको भनाइ छ ।
उनले भने ‘ नेपालमा कुनै पनि प्रधानमन्त्रीले लामो समयसम्म राज्य सत्ताको नेतृत्व गर्ने मौका पाएनन् । यसको कारण भनेको नेपालको राजनीतिमा राजनीतिक अस्थिरता चुनौतीको रूपमा रहेको छ ।
उनले सामाजिक अराजकताले राष्ट्र निमार्णको लागि बाधा ल्याएको र मौलिक संस्कृतिहरूको मूल्यको विघटन भइरहेको बताएका छन् ।
देश आर्थिक समस्याबाट गुज्रिरहेको बेला करको दर हेरफेर गरेर समस्यालाई बढाएको महासचिव पोखरेलको भनाइ छ ।