प्रतिनिधिसभा बैठक: मुलुकी संहिता सम्बन्धी विधेयक पारित गरिने

काठमाडौँ । प्रतिनिधिसभा बैठक बस्दैँछ ।
सङ्घीय संसद् भवन, नयाँ वानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो ३ बजे बोलाइएको छ ।
आजको बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक २०८० को सबन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल हुनेछ ।
सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले मुलुकी संहिता सम्बन्धी केही नेपाल संशोधन गर्न बनेको विधेयक २०८० माथि दफावार छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्नेछन् ।
साथै सो विधेयकमाथि छलफल भए पछि त्यसमा आएका संशोधनहरू निणयार्थ प्रस्तुत हुनेछ भने त्यस विधेयकलाई आजै पारित गर्ने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।