वैदेशिक रोगजारीमा रहेका नेपालीको ज्ञान सीप र पुजीँ उपयोग गरिने मन्त्री मण्डारीको दाबी
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले, शिक्षा क्षेत्र छोडेर श्रम बजारमा जाने विद्यार्थीलाई सीपमुलक तालिमको व्यवस्था गरिने बताएका छन् ।
प्रतिनिधि सभाको सोमवारको बैठकमा, आफ्नो मन्त्रालयको बजेटबारे उठेका प्रश्नको जवाफ दिदैँ उनले, शिक्षा क्षेत्र छोडेर स्वदेशी तथा विदेशी श्रम बजारमा जाने जनशक्तीलाई सिपमूलक तालिमको व्यवस्था गरिने बताएका हुन् ।
‘आगामी आर्थिक वर्षमा २ सय २० स्थानीय तहमा करिब १५ हजार जनालाई कार्यस्थलमा आधारित सीप विकास तथा जिवनोपयोगी तालिम दिइने छ । ’ उनले भने ‘ आन्तरिक रोगजारीतर्फ प्रधानमन्त्री रोजगार कार्यक्रममा सूचिकृत कामदारहरुलाई श्रम बजारको माग अनुरुपको शिपमूलक तालिम प्रदान गरि सीपयुक्त र दक्ष बनाउन प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको ढाँचा परिर्वतन गरी कार्यक्रम संचालन गर्ने तयारी गरिएको छ । ’
त्यस्तै उनले वैदेशिक रोजगारीमा रहेका नेपालीको सीप र पुजीँलाई उद्यमशीलतामा परिणत गरिने सुनाए ।
‘नेपाली नागरिकले वैदेशिक रोगजारीका क्रममा आर्जन गरेको सीप ज्ञान प्रविधि र पुजीँको उपयोग गर्दै उद्यमशीलता प्रर्वद्धन मार्फत उत्पादनशील रोगजारी र स्वरोजगार सिर्जना गर्नको लागि पुन एकिकरण निर्देशिका जारी भई कार्यान्वयनमा रहेको छ । ’ उनले भने ।












